गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । चितवन टाइगर्सले न्युजिल्याण्डका अलराउण्डर जेम्स फुलरलाई अनुबन्धन गरेको छ । आगामी चैत्त एक गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिगका लागि चितवनले फुलरलाई अनुबन्धन गरेको हो ।
प्रिमियर लिगले एक विज्ञप्ती जारी गरी फुलरलाई चितवनले अनुबन्धन गरेको जानकारी गराएको छ । चितवनले प्रिमियर लिगको आफ्नो पहिलो खेलमा बिराटनगरको सामना गर्नेछ । उक्त खेल त्रिवि क्रिकेट ग्राउण्डमा चैत्त २ गते खेलाइनेछ ।
फुलर न्युजिल्याण्डको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय स्पर्धामा हालसम्म सहभागी भएका छैनन् । उहाँले ५३ फस्र्ट क्लास र ६२ लिस्ट ए का खेलमा स्पर्धा गर्नुभएको छ । त्यसैगरी उहाँले अबुधाबी टी टेनमा उहाँले अरबियन्सको र इंग्लीश प्रिमियर लिगमा हयाम्पशायरको प्रतिनिधित्व गर्नुहुन्छ ।
८९ टी ट्वान्टी म्याच खेल्नुभएका फुलरले ९६ विकेटसँगै ६३९ रन समेत बनाउनुभएको छ । टी ट्वान्टीमा उहाँको स्ट्राइक रेट १४६ रहेको छ ।