logo
२०८१ मंसिर ८ शनिवार



भारतलाई पहिलो पारीमा सात रनको बढत, दोस्रो पारी धरमराउँदै

खेलकुद |


भारतलाई पहिलो पारीमा सात रनको बढत, दोस्रो पारी धरमराउँदै


एजेन्सी
काठमाडौं, फागुन १८ गते । न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्ट म्याचको पहिलो पारीमा सामान्य अग्रता लिएको भारतको दोस्रो पारी धरमराएको छ । दोस्रो दिनको खेल सकिदा भारतले ९० रन जोड्दा छ विकेट गुमाएको छ । उसले ९७ रनको अग्रता लिएपनि उसको चार विकेट मात्रै बाँकी छ । सोमबार भारतले स्थिर पारी खेल्न नसके तीन दिनमै दोस्रो टेष्ट म्याच सम्पन्न हुनेछन् । 
भारतका लागि तेस्रो दिनको खेल हनुमा बिहारी पाँच तथा ऋषभ पन्तले एक रनको ब्यक्तिगत् योगफलबाट अगाडि बढाउनेछन् । चेतेश्वर पूजाराले २४, विराट कोहलीले १४, अजिन्क्यै रहानले ९, उमेश यादब एक रन बनाएर पेभेलियन फर्किनुभएको छ । भारतले दोस्रो पारीमा २६ रन जोडदा ओपनर पृथ्वी शाह र मयन्क अग्रवाल दुबैजना पेभेलियन फर्किए । न्युजिल्याण्डका लागि ट्रेन्ट बौल्टले सर्वाधिक तीन तथा टिम साउदी, कोलीन डे ग्राण्डहम र नैल वाग्नरले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि बिना कुनै क्षतिमा ६३ रनबाट दोस्रो दिनको खेल अगाडि बढाएको न्युजिल्याण्डले १७२ रन जोड्दा २३५ रनमा समेटिन पुग्यो । ओपनर टम लाथमले सर्वाधिक ५२ तथा टम ब्ल्न्डेलले ३० र कायल जमीन्सनले ४९ रनको योगदान दिनुभयो । न्युजिल्याण्ड पहिलो पारीमा भारतभन्दा सात रनले पछाडि पर्यो ।
भारतका लागि जसप्रित बुमराहले तीन तथा मोहम्मद सामीले चार, रबिन्दर जडेजाले दुई र उमेश यादबले एक विकेट लिनुभयो ।
टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतले आफ्नो पहिलो पारीमा २४२ रनमा समेटियो । भारतका लागि पृथ्वी शाह, चेतेश्वर पूजारा र हनुमा बिहारीले अद्र्धशतकीय पारी खेल्नुभयो । न्युजिल्याण्डका लागि कायल जमीन्सनले सर्वाधिक पाँच तथा टिम साउदी र ट्रेन्ट बौल्टले दुई दुई र नैल वाग्नरले एक विकेट लिनुभयो ।
दुई म्याचको टेष्ट श्रृखंलामा भारत १–० ले पछाडि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?