logo
२०८१ मंसिर ८ शनिवार



भारतलाई हराउँदै न्युजिल्याण्डद्वारा श्रृखंला ‘व्हाइट वाश’

खेलकुद |


भारतलाई हराउँदै न्युजिल्याण्डद्वारा श्रृखंला ‘व्हाइट वाश’


एजेन्सी
काठमाडौं, फागुन १९ गते । न्युजिल्याण्डले भारत विरुद्धको दुई म्याचको टेष्ट श्रृखंला २–० ले जित्दै श्रृखंला व्हाइट वाश गरेको छ । दोस्रो टेष्ट खेलमा भारतले प्रस्तुत गरेको १३२ रनको सामान्य लक्ष्य उसले तीन विकेटको क्षतिमा पुरा गर्यो ।
न्युजिल्याण्डले जितसँगै आईसीसी टेष्ट वरियतामा दोस्रो स्थानमा उक्लेको छ । न्युजिल्याण्डलाई महत्वपूर्ण जित दिलाउन ओपनरद्वय टम लाथम र टम ब्ल्न्डेलले अद्र्धशतकीय पारी खेल्नुभयो । भारतका लागि जसप्रित बुमराहले दुई तथा उमेश यादबले एक विकेट लिनुभयो । घरेलु मैदानमा दक्षिण अफ्रिका, अष्ट्रेलिया र वेष्टइन्डिजलाई हराउँदा सशक्त देखिएको भारतीय टोलीको न्युजिल्याण्डको भूमीमा भने बलिङ र ब्याटिङ दुबै विधा फितलो साबित भयो ।
छ विकेटको क्षतिमा ९० रनबाट तेस्रो दिनको खेल अगाडि बढाएको भारत थप ३५ रन जोड्दा दोस्रो पारी १२४ रनमा सीमित हुन पुग्यो । र न्युजिल्याण्डले १३२ रनको सहज लक्ष्य पायो । भारतीय पारीमा चेतेश्वर पूजाराले बनाउनुभएको २४ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । न्युजिल्याण्डका लागि ट्रेन्ट बौल्टले चार तथा टिम साउदीले तीन विकेट लिनुभयो ।
न्युजिल्याण्डले आफ्नो पहिलो पारीमा २३५ रनमा समेटिन पुग्यो । ओपनर टम लाथमले सर्वाधिक ५२ तथा टम ब्ल्न्डेलले ३० र कायल जमीन्सनले ४९ रनको योगदान दिनुभयो । न्युजिल्याण्ड पहिलो पारीमा भारतभन्दा सात रनले पछाडि पर्यो ।
भारतका लागि जसप्रित बुमराहले तीन तथा मोहम्मद सामीले चार, रबिन्दर जडेजाले दुई र उमेश यादबले एक विकेट लिनुभयो ।
टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतले आफ्नो पहिलो पारीमा २४२ रनमा समेटियो । भारतका लागि पृथ्वी शाह, चेतेश्वर पूजारा र हनुमा बिहारीले अद्र्धशतकीय पारी खेल्नुभयो । न्युजिल्याण्डका लागि कायल जमीन्सनले सर्वाधिक पाँच तथा टिम साउदी र ट्रेन्ट बौल्टले दुई दुई र नैल वाग्नरले एक विकेट लिनुभयो ।
तीन म्याचको अन्तर्राष्ट्रिय एकदिवसिय ३–० ले जितेको घरेलु टोली न्युजिल्याण्डले दुई म्याचको टेष्ट श्रृखंला समेत २–० ले जितेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?