logo
२०८१ मंसिर ८ शनिवार



भारत भ्रमणको लागि अफ्रिकी टोलीको घोषणा

खेलकुद |


भारत भ्रमणको लागि अफ्रिकी टोलीको घोषणा


एजेन्सी
काठमाडौं, फागुन १९ गते । दक्षिण अफ्रिकाले भारत विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलाका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । तीन म्याचको एकदिवसीय श्रृखंलाको पहिलो खेल मार्च १२ देखि सुरु हुनेछ ।
दक्षिण अफ्रिकाले घोषणा गरेको टोलीमा देब्रे हातका स्पिनर जर्ज लिण्डे पहिलो पटक एकदिवसीय खेलमा अफ्रिकाको प्रतिनिधित्व गर्नुहुनेछ । लिण्डेलाई तब्रेज शम्सीको स्थानमा टोलीमा राखिएको छ । उहाँले यसअघि अक्टोबर महिनामा भारत विरुद्धको टेष्ट श्रृखंलामा अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो म्याच खेल्नुभएको थियो ।
अफ्रिकाले घोषणा गरेको टोलीमा केशव महराज र अलराउण्डर जोन जोन स्मट्स विकल्पका रुपमा रहनुहुनेछ । फाफ डु प्लेसिस र रस्सी भान डर हुस्सैन पनि टोलीमा फर्किनुभएको छ । अफ्रिकी टोलीले एण्डील फेलुक्वायोसँगै पाँचजना तिब्र गतिका बलर लिएर भारत भ्रमण गर्नेछन् । लुङ्गी एनगिडी, लुथो सिपाम्ला, बिरन हेन्ड्रीक्स र एनरिक नोर्जे अर्का तिब्र गतिका बलर छन् ।
क्विन्टन डे ककको कप्तानीमा घोषित टोलीका अन्य सदस्यहरुमा टेम्बा बभुमा, कायल भेरिन, हेनरिक क्लस्सेन, देवीड मिलर रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?