logo
२०८१ मंसिर ८ शनिवार



थाइल्याण्डद्वारा नेपाल समक्ष ६७ रनको लक्ष्य प्रस्तुत

खेलकुद |


थाइल्याण्डद्वारा नेपाल समक्ष ६७ रनको लक्ष्य प्रस्तुत


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २१ गते । एसीसी कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा थाइल्याण्डले नेपाल समक्ष ६७ रनको लक्ष्य दिएको छ । प्रतियोगितामा नेपालले आज आफ्नो तेस्रो म्याच खेल्दैछ ।
टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको थाइल्याण्ड पुरा २० ओभर खेलेर दश विकेटको क्षतिमा ६६ रन बनाएको हो । थाइल्याण्डको पारीमा हेन्नो जोर्डन र फिरियापोङ् सुआनचुऐले सामान १३÷१३ रनको योगदान दिनुभयो । उसको पारीका नौजना ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन । तीनजना ब्याट्सम्यान रन आउट हुन पुग्यो ।
नेपालका लागि सन्दीप लामिछानेले चार ओभरमा नौ रन खर्चेर एक विकेट लिनुभयो । करण केसी सबैभन्दा सफल बलर रहनुभयो । उहाँले मात्र १२ रन खर्चेर तीन विकेट लिनुभयो । अविनाश बोहराले चार ओभरमा २३ रन खर्चेर दुई विकेट लिदा पारस खडकाले दुई ओभर बलिङ गर्दा विकेटविहीन बनेपनि मात्र तीन रन खर्चिनुभयो । भुवन कार्कीले एक विकेट लिनुभयो । यसअघि प्रतियोगिताको आफ्नो पहिलो दुबै खेलमा हार बेहोरेको नेपालले छनोट हुन मलेसिया, सिंगापुर र हंगकंगको खेलमा निर्भर रहनुपर्नेछ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?