logo
२०८१ मंसिर ८ शनिवार



तमीमको शतकमा बङ्गलादेशलाई श्रृखंला

खेलकुद |


तमीमको शतकमा बङ्गलादेशलाई श्रृखंला


एजेन्सी
काठमाडौं, फागुन २१ गते । बङ्गलादेशले जिम्बाबवेलाई दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा चार रनले हराएको छ । अन्तिम ओभरमा जितका लागि २० रन आवश्यक छँदा जिम्बाबवेले १५ रन मात्रै जोडन सक्यो र ऊ दोस्रो एकदिवसीयमा हार बेहोर्दै श्रृखंला २–० ले गुमाउन पुगेको छ ।
बङ्गलादेशले जिम्बाबवे समक्ष ३२३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । २२५ रनमा सात विकेट गुमाउँदा जितभन्दा धेरै टाढा बनेको जिम्बाबवेका लागि टिनोटेण्डा मुटोम्बोजीले आठौं विकेटका लागि डोनाल्ड ट्रिपानोसँग ८० रनको साझेदारी गर्नुभयो । यो आठौं विकेटका लागि एकदिवसीय अन्तर्राष्ट्रियको सबैभन्दा ठूलो साझेदारी हो । जितभन्दा मात्र १७ रन टाढा रहँदा मुटोम्बोजी पेभेलियन फर्किनुभयो । जितका लागि चार बलमा १८ रन आवश्यक थियो । ट्रिपानोले लगातार दुई छक्का लगाएर जित दिलाउन प्रयास गर्नुभयो तर अपर्याप्त भयो । र ऊ चार रनले हार बेहार्न बाध्य भयो ।
बङ्गलादेशलका लागि तैजुल इश्लामले सर्वाधिक तीन विकेट लिनुभयो । मश्रफे मर्तजा, शफिऊल इश्लाम, मेहदी हसन मिराज र अल अमीन होस्सैनले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको बङ्गलादेशले ओपनर तमीम इकबालको १५८ रनको संयमित पारीमा उच्च योगफल नजिक पुगेको थियो । मुश्फीक्र रहिमले ५५ तथा महमदुल्लाहले ४१ रन बनाउनुभयो । तमीम इकबाल बङ्गलादेशका लागि अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सात हजार रन पुरा गर्नुहुने एकल र पहिलो ब्याट्सम्यान हुनुहुन्छ । उहाँले लगातार तीन खेलमा शतक लगाउनुभएको पहिलो बङ्गलादेशी ब्याट्सम्यानको कीर्तिमान समेत बनाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?