logo
२०८१ मंसिर ८ शनिवार



आईपीएलको पुरस्कार राशीमा पचास प्रतिशतले कटौती हुने

खेलकुद |


आईपीएलको पुरस्कार राशीमा पचास प्रतिशतले  कटौती हुने


एजेन्सी
काठमाडौं, फागुन २१ गते । इन्डियन प्रिमियर लिगमा च्याम्पियनको पुरस्कार राशीमा पचास प्रतिशतले कटौती हुने भएको छ । यसअघि २० करोड भारतीय रुपियाँ पाउँदै आएको च्याम्पियनले अब भने दश करोड मात्रै पाउने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले जनाएको छ ।
समाचार संस्था पीटीआईका बमोजिम बीसीसीआईले आईपीएलको खर्च कटौती गर्ने मापदण्ड बमोजिम पुरस्कार राशी घटाउन लागेको छ । उपविजेता टोलीले यसअघि १२ करोड ५० लाख भारतीय रुपियाँ पाउँदै आएकोमा अब भने छ करोड २५ लाख मात्रै पाउनेछन् ।
बीसीसीआईले उक्त परिपत्र आईपीएलमा सहभागी हुने सबै फ्रेञ्चाइज टोलीलाई पठाएको छ । पीटीआईले बीसीसीआई स्रोतलाई उद्धृत गर्दै फ्रेञ्चाइज टोलीसँग आफैं पनि आम्दानीको उपाय रहेकोले पुरस्कारको राशी घटाइएको उल्लेख गरेको छ ।
त्यसैगरी, बीसीसीआईमा कार्यरत मध्य ओहोदाका कर्मचारीले श्रीलङ्का, बङ्गलादेश वा यूएईसहित आठ घण्टाभन्दा कम्ती अवधि उडान हुने राष्ट्रको भ्रमण गर्दा बिजनेश श्रेणिको टिकट उपलब्ध गराइने छैन् ।
मुम्बई इन्डियन्सको ब्राण्ड मूल्याङ्कन यसपटक पनि वृद्धि भएको छ । यसअघि छ अर्ब ३० करोड रुपियाँ रहेको ब्राण्ड मूल्याङ्कन २०१९ मा भने ८ अर्ब नौ करोड पुगेको छ । कलकत्ता र रोयल च्यालेन्जर्स बैंग्लौरको ब्राण्ड मूल्य भने आठ प्रतिशतले घटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?