logo
२०८१ मंसिर ८ शनिवार



पहिलो टी ट्वान्टीमा श्रीलङ्कामाथि वेष्टइन्डिजको जित

खेलकुद |


पहिलो टी ट्वान्टीमा श्रीलङ्कामाथि वेष्टइन्डिजको जित


एजेन्सी
काठमाडौं, फागुन २२ गते । तीन म्याचको एकदिवसीय श्रृखंला ३–० ले हारेको वेष्टइन्डिजले श्रीलङ्का विरुद्धको पहिलो टी ट्वान्टी खेल २५ रनले जितेको छ । जितसँगै दुई म्याचको टी ट्वान्टीमा पाहुना टोलीले १–० को अग्रता कायम गरेको छ ।
पलाकेलीमा वेष्टइन्डिजले प्रस्तुत गरेको १९६ रनको उच्च योगफल पछ्याउने क्रममा श्रीलङ्काले १९.१ ओभरमा मात्र १७१ रनमा समेटिन पुग्यो । श्रीलङ्काका लागि ओपनर कुशल परेराले ३८ बलमा ६६ रनको योगदान दिनुभयो । यद्दपी मध्यक्रमका कुनै ब्याट्सम्यानले उहाँसँग उच्च साझेदारी गर्न नसक्दा उसले घरेलु मैदानमा हार बेहोर्नुपर्यो । वनिन्डु हसरङ्गाले दोस्रो सर्वाधिक ४४ रन बनाउनुभयो ।
वेष्टइन्डिजका लागि तिब्र गतिका बलर ओशन थोमसले चार ओभरमा २८ रन खर्चेर पाँच विकेट लिनुभयो । रबमन पावेलले दुई तथा शेल्डन कोट्रेल, आन्द्रे रस्सैल र ड्वायन ब्राभोले एक एक विकेट बाँड्नुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको वेष्टइन्डिजले पुरा २० ओभर खेल्दै चार विकेटको क्षतिमा १९६ रनको उच्च योगफल तयार गरेको थियो । ओपनर लेन्डी सिमोन्सले अविजित रहनुहुँदै ६७ रन बनाउनुभयो । कप्तान क्यारन पोलार्डले ३४ तथा आन्द्रे रस्सैलले ३५ रन बनाउनुभयो । अर्का ओपनर ब्रान्डन किंगले ३३ रन बनाउँदा वेष्टइन्डिजले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्दै उच्च योगफलतर्फ लम्किएको थियो ।
श्रीलङ्काका लागि लासिथ मलिंगा, इसुरु उदाना, लक्षण सन्दाकन र वनिन्डु हसरङ्गाले सामान एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?