एजेन्सी
काठमाडौं, फागुन २२ गते । देब्रे हातका पूर्व स्पिनर सुनील जोशी भारतीय क्रिकेटको प्रमुख चयनकत्र्ता नियुक्त हुने निश्चित भएको छ । तिब्र गतिका बलर हरविन्दर सिंहपछि सुनील जोशी भारतीय क्रिकेटको पुरुष खेलाडी चयन समितिको पहिलो नयाँ अनुहार हुन । जोशी र सिंहले सरनदीप सिंह, देवाङ गान्धी र जटिन परनजापे सम्मिलित छनोट समितिमा आबद्ध हुनुभएको छ ।
नयाँ चयन गरिएको छनोट समितिले दक्षिण अफ्रिका विरुद्धको तीन म्याचको एकदिवसीय श्रृखंलाका लागि खेलाडीको चयन गर्नेछ । दक्षिण अफ्रिकाले भारतले मार्च १२ र १८ को बीचमा तीन म्याचको एकदिवसीय श्रृखंला खेल्नेछ ।
भारतका पूर्व विकेटकीपर एम एस के प्रसाद र राजस्थानका पूर्व ब्याट्सम्यान गगन खोडाको अनुबन्धन म्याद सकिएपछि जोशी र सिंह भारतीय क्रिकेटको खेलाडी चयन समितिमा नियुक्त हुन लागेका हुन् । उहाँहरु दुबैजनालाई मदन लाल, आर पी सिंह र शुलक्षण नाइक सम्मिलित क्रिकेट सल्लाहकार समितिले खेलाडी चयन समितिमा चयन गरेको हो । बुधबार समितिको बैठकले उहाँहरु दुबैजनालाई चयन समितिका लागि सिफारिश गरेको हो । बीसीसीआईले नियुक्त गर्नेछ ।
जोशी र सिंहसँगै समितिले भारतका पूर्व लेगस्पिनर लक्ष्मण शिवरामाकृष्णन, पूर्व तिब्र गतिका बलर वेङ्टेश प्रसाद, अफ स्पिनर राजेश चौहानको नाम ‘शर्टलिस्ट’ गरेको थियो ।