गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । भारतर र अष्ट्रेलियाले आईसीसी विमन्स टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधिको लागि भिड्ने सुनिश्चित भएको छ । अष्ट्रेलियाले दोस्रो सेमीफाइनल खेलमा दक्षिण अफ्रिकामाथि पाँच रनको जित हात पारेर फाइनलमा भारतसँगको भेट सुनिश्चित गरेको हो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको १३५ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका उत्कृष्ट सुरुवात गरेको थियो । वर्षाले खेल प्रभावित हुँदा दक्षिण अफ्रिका पाँच विकेटको क्षतिमा ९२ रन जोडेको थियो । प्रभावित खेल छोट्याइएर दक्षिण अफ्रिकालाई डकवर्थ लेविस नियमको आधारमा १३ ओभरमा ९८ रनको लक्ष्य दिइएको थियो ।
दक्षिण अफ्रिका जितभन्दा पाँच रन पछाडि रहन गयो । पहिलो पटक फाइनल पुग्ने उसको सपना अफ्रिकाका लागि लौरा वल्भार्ट अविजित रहनुहुँदै ४१ रन बनाउनुभयो । उहाँले तीन चौका र दुई छक्का लगाउनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको अष्ट्रेलियाले पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १३४ रनको योगफल तयार गरेको थियो । अष्ट्रेलियाका लागि कप्तान मैग लेनिङले अविजित रहनुहुँदै ४९ रन बनाउनुभयो ।
पहिलो सेमीफाइनल खेल वर्षाले प्रभावित हुँदा खेलाडी मैदानमा नउत्रिदै भारत फाइनलमा पुगेको हो । भारतले सेमीफाइनलमा इंग्ल्याण्डको सामना गर्ने तय थियो । लिग चरणमा खेल जितेको आधारमा भारत फाइनलमा पुगेको टुंगो लगाइएको हो ।
लिग चरणमा भारतले अष्ट्रेलिया, श्रीलङ्का, बङगलादेश र न्युजिल्याण्डलाई हराएर सेमीफाइनलको यात्रा तय गरेको थियो ।