एजेन्सी
काठमाडौं, फागुन २४ गते । इंग्ल्याण्डका तिब्र गतिका बलर क्रिस वक्सले इन्डियन प्रिमियर लिगबाट आफ्नो नाम फित्र्ता लिनुभएको छ । देल्ही क्यापिटल्सको प्रतिनिधित्व गर्ने उहाँले घरेलु टेष्ट श्रृखंलाका लागि ऊर्जाशील रहन नाम फित्र्ता लिएको जानकारी दिनुभएको हो ।
इंग्ल्याण्डले आगामी जुन ४ देखि सुरु हुने गरी घरेलु मैदानमा वेष्टइन्डिज र दक्षिण अफ्रिकासँग छ टेष्ट म्याच खेल्नेछ । चारजना प्रमुख तिब्र गतिका बलरमध्ये वक्स पनि प्राथमिकतामा हुनुहुन्छ ।
इन्डियन प्रिमियर लिग मार्च महिनाको २९ तारेखमा सुरु हुँदैछ । उहाँलाई देल्ही क्यापिटल्सले एक लाख ६० हजार यूरोमा खरिद गरेको छ । अगष्ट २०१८ देखि एउटै टी ट्वान्टी म्याचमा सहभागी नहुनुभएका वक्सले इंग्ल्याण्डका लागि पछिल्लो पटक नोभेम्बर २०१५ मा टी ट्वान्टी म्याच खेल्नुभएको थियो ।
सन् २०१७ को आईपीएलको संस्करणमा कलकत्ताको प्रतिनिधित्व गर्नुभएको उहाँले १७ विकेट लिनुभएको छ । सन् २०१८ को संस्करणमा बैंग्लौरको प्रतिनिधित्व गर्नुभएको उहाँले मात्र पाँच म्याचमा सहभागी भएर फर्किनुभएको थियो ।