logo
२०८१ मंसिर ८ शनिवार



रस्सैलको विष्फोटक पारीमा वेष्टइन्डिजलाई श्रृखंला

खेलकुद |


रस्सैलको विष्फोटक पारीमा वेष्टइन्डिजलाई श्रृखंला


एजेन्सी
काठमाडौं, फागुन २४ गते । आन्द्रे रस्सैलले विष्फोटक पारी खेलेपछि वेष्टइन्डिजले श्रीलङ्कालाई दोस्रो टी ट्वान्टी खेलमा सात विकेटले हराएको छ । तीन म्याचको एकदिवसीय श्रृखंला हारेर पाहुना टोली वेष्टइन्डिजले दोस्रो टी ट्वान्टी जितेसँगै दुई म्याचको श्रृखंला २–० ले ‘व्हाइट वाश’ गरेको छ ।
रस्सैलले मात्र १४ बलमा अविजित रहँदै ४० रन जोड्दा वेष्टइन्डिजले खेल सकिन तीन ओभर बाँकी छदै लक्ष्य पुरा गर्यो । श्रीलङ्काले वेष्टइन्डिज सामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । २३ रनमा लेन्डी सिमोन्सको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गरेको वेष्टइन्डिजलाई अर्का ओपनर ब्राण्डन किंगले ४३ रनको पारी खेलेर स्थिरता दिनुभयो । वेष्टइन्डिजले १७ ओभरमा मात्र तीन विकेटको क्षतिमा १५६ रन बनाएर लक्ष्य पुरा गर्यो । 
सिमरन हैटमरले टोलीलाई जित दिलाउन आन्द्रे रस्सैलसँग २६ बलमा महत्वपूर्ण ५५ रनको साझेदारी गर्नुभयो । हैटमर ४३ रनमा अविजित रहनुभयो । श्रीलङ्काका लागि कप्तान लासिथ मलिङ्गाको बलिङ महँगो भयो । उहाँले तीन ओभरमा ४६ रन खर्चेपनि विकेट भने हात पार्न सक्नुभएन । एञ्जेलो म्याथ्युज, लहिरु कुमारा र दसुन शनाकाले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको घरेलु टोली श्रीलङ्काले २० ओभरमा छ विकेटको क्षतिमा १५५ रनको योगफल तयार गरेको थियो । उसको पारीमा दसुन शनाकाले अविजित रहदै बनाउनुभएको ३१ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । वेष्टइन्डिजका लागि फाबियन एलेनले दुई तथा शेल्डन कोट्रेल, ओशन थोमस र ड्वायन ब्राभोले एक एक विकेट लिनुभयो ।
खेलको प्लेयर अफ द् म्याच र सेरिज आन्द्रे रस्सैल घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?