एजेन्सी
काठमाडौं, फागुन २५ गते । दक्षिण अफ्रिकाले तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अष्ट्रेलियालाई छ विकेटले हराएको छ । जितसँगै घरेलु टोली दक्षिण अफ्रिकाले तीन म्याचको श्रृखंला ३–० ले जितेको छ ।
अष्ट्रेलियाले प्रस्तुत गरेको २५५ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले खेल सकिन २७ बल बाँकी छदै मात्र चार विकेटको क्षतिमा २५४ रन बनाएर पुरा गर्यो । अफ्रिकाको जितमा हेनरिक क्लास्सैनले अविजित रहनुहुँदै ६८ रनको योगदान दिनुभयो । जे जे स्मट्सले सर्वाधिक ८४ रनको योगदान दिनुहुँदा कायल भेरिनले अद्र्धशतकीय पारी खेल्नुभयो ।
अष्ट्रेलियाका लागि जोश हयाज्लऊडले सर्वाधिक दुई विकेट लिनुभयो । केन रिचर्डसन र एडम जाम्पाले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको अष्ट्रेलियाले पुरा ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २५४ रनको औसत योगफल तयार गरेको थियो । मार्नस लबुस्नेले शतकीय पारी खेल्नुभयो । यो उहाँको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शतक हो । डी आर्सी शटले ३६, मिसेल मार्शले ३२ रनको योगदान दिदा झै रिचर्डसनले अविजित रहनुहुँदै २४ रन बनाउनुभयो ।
दक्षिण अफ्रिकाका लागि एनरिक नोर्जे र ज स्मट्सले सामान दुई दुई विकेट लिनुभयो ।
जे स्मट्स प्लेयर अफ द् म्याच तथा हेनरिक क्लासेन प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।