एजेन्सी
काठमाडौं, फागुन २५ गते । क्रिकेट दक्षिण अफ्रिकाले ओपनिङ ब्याट्सम्यान जैनमन मलानलाई भारत विरुद्धको तीन म्याचको एकदिवसीय श्रृखंलाको लागि टोलीमा समेटेको छ । दक्षिण अफ्रिकी बोर्डले यसअघि घोषणा गरेको टोलीमा उहाँ अटाउनुभएको थिएन । तर अष्ट्रेलिया विरुद्धको तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलामा मलानले शतकीय पारी खेलेपछि उहाँलाई भारत भ्रमण गर्ने टोलीमा समावेश गरिएको हो ।
दक्षिण अफ्रिकी क्रिकेट बोर्डले टेम्बा बभुमासँगै मलानले ओपनिङ गर्ने जनाएको छ । यसअघि टोलीमा बभुमाले क्विन्टन डे ककसँग ओपनिङ गर्ने गरी टोलीमा समावेश गरिएको थियो । तर मलानले आफ्नो दोस्रो एकदिवसीय खेलमै शतक लगाएपछि टोली ब्यवस्थापनले उहाँलाई बभुमासँग ओपनिङका लागि टोलीमा समावेश गरेको हो ।
शनिबार अष्ट्रेलिया विरुद्धको तेस्रो एकदिवसीय म्याच खेलेको दक्षिण अफ्रिकी टोली आइतबार दिल्ली पुग्नेछन् । भारतको उत्तराखण्डस्थित धर्मशालामा बिहिबार हुने पहिलो एकदिवसीय खेल्न सोमबार नै टोली धर्मशालाको लागि प्रस्थान गर्नेछ ।