logo
२०८१ मंसिर ९ आईतवार



तामीम इकबाल बङ्गलादेशका नयाँ कप्तान नियुक्त

खेलकुद |


तामीम इकबाल बङ्गलादेशका नयाँ कप्तान नियुक्त


एजेन्सी
काठमाडौं, फागुन २६ गते । तामीम इकबाल बङ्गलादेश क्रिकेट टोलीका नयाँ कप्तान नियुक्त हुनुभएको छ । मशरफे बिन मर्तजा कप्तानबाट राजिनामा गरेपछि तामीम कप्तानको जिम्मेवारीमा नियुक्त हुनुभएको हो ।
बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हस्सनले तामीमलाई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारीमा नियुक्त गरिएको जानकारी दिनुभएको हो । उहाँले तामीमको समयावधी नतोकिएपनि उहाँलाई लामो समयसम्म कप्तानको रुपमा रहीरहने गरी नियुक्त गरिएको उल्लेख गर्नुभएको हो । मर्तजा बङगलादेश क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा सफल कप्तानको रुपमा चिनिनुहुन्छ । लामो समयसम्म लयविहीन हुन पुग्दा उहाँमाथि राजिनामा गर्ने दबाब बढेको थियो ।
नयाँ कप्तानको रुपमा मुश्फीक्र रहिम र महम्मदुल्लाहको नामबारे चर्चा चलेपनि तामीमलाई जिम्मेवारी दिइएको हो । ब्याट्सम्यानको रुपमा सात हजार रन पुरा गर्नुहुने बङ्गलादेशका पहिलो क्रिकेटको कीर्तिमान बनाउनुभएका उहाँ उत्कृष्ट ब्याटिङ लयमा हुनुहुन्छ ।
सन् २०२० मा बङ्गलादेशले तीनवटा आयरल्याण्ड विरुद्ध र एउटा पाकिस्तानसँग गरी कुल चार अन्तर्राष्ट्रिय एकदिवसीय मात्रै खेल्ने तालिका रहेको छ । प्रतिबन्धमा पर्नुभएका शकीब अल हसनले अक्टोबर महिनामा पुनरागमन गर्नुहुनेछ । पुनरागमनपछि कप्तानको दौडमा शकीबको नाम पनि आउनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?