logo
२०८१ मंसिर ९ आईतवार



दर्शकबिनाको सेरी ए मा जुभेन्ट्सको इन्टर मिलानमाथि जित

खेलकुद |


दर्शकबिनाको सेरी ए मा जुभेन्ट्सको इन्टर मिलानमाथि जित


एजेन्सी
काठमाडौं, फागुन २६ गते । कोरोना भाइरस संक्रमणको जोखिममा दर्शक अनुपस्थितिको खेलमा जुभेन्ट्सले इन्टनर मिलानमाथि जित हात पारेको छ । जितसँगै जुभेन्ट्स इटाली सेरी ए को शिर्ष स्थानमा उक्लेको छ ।
जुभेन्ट्स र इन्टर मिलानबीचको खेल इटाली सेरीको सबैभन्दा रोचकमध्येको एक मानिएको थियो, तर उक्त खेलमा दर्शक भने कोही थिएनन । अप्रिल ३ सम्म इटालीमा हुने खेलमा दर्शक रहने छैनन् । बीबीसीका अनुसार इटालीमा कोरोना भाइरसको संक्रमणले कम्तिमा ३६६ जनाको मृत्यु भएको छ । सात हजार ३७५ जना संक्रमित भएका छन् ।
जुभेन्ट्सको जितमा आरोन राम्से र पाउलो डिबालाले एक एक गोल गर्नुभयो । जितसँगै जुभेन्ट्स लाजिओसँग एक अङ्कको अग्रता लिएको छ । पहिलो हाफ गोलविहीन भएपछि जुभेन्ट्सका लागि राम्सेले खेलको ५४ औं मिनेटमा महत्वपूर्ण अग्रता दिलाउनुभयो । राम्सेकै पासलाई डिबालाले गोलमा परिणत गर्दै अग्रता दोब्बर पार्नुभयो । डिबालाले खेलको ६७ औं मिनेटमा गोल गर्दा जुभेन्ट्स २–० को अग्रता लियो ।
खेलको उत्तराद्र्धतिर ७९ औं मिनेटमा सब्स्टिच्युट डेनिल पडेलीले गोल फर्काएपनि खेलमा वापसी गर्न इन्टर मिलानले ढिलाइ गरिसकेको थियो । हारसँगै इन्टर मिलानको उपाधि उचाल्ने सम्भावना लगभग अन्त्य भएको छ । शिर्ष स्थानको जुभेन्ट्सभन्दा ऊ नौ अङ्क पछाडि रहेको छ ।
क्रिष्टियानो रोनाल्डोले भने इन्टर मिलानसँगको स्पर्धामा गोल गर्न सक्नुभएन । सेरी ए मा गत् नोभेम्बर १० यता खेलिएको खेलमा रोनाल्डोले पहिलोपटक गोल गर्न सक्नुभएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?