logo
२०८१ मंसिर ९ आईतवार



अप्रिल तीनसम्म इटालीमा सबै खेलकुद स्थगित

खेलकुद |


अप्रिल तीनसम्म इटालीमा सबै खेलकुद स्थगित


एजेन्सी
काठमाडौं, फागुन २७ गते । इटालीमा खेलकुदका सबै गतिविधि अप्रिल तीनसम्मका लागि स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमले महत्वपूर्ण खेलकुद गत् सातादेखि दर्शकको अनुपस्थितिमा खेलिदै आएकोमा अब भने स्थगित गरिएको छ ।
इटालीका प्रधानमन्त्री जिसेपे कोन्टीले उक्त घोषणा गर्नुभएको हो । इटालीमा महत्वपूर्ण रहेको सिरी ए का खेलहरु यसअघि नै इन्डोर हुँदैछ । उहाँले क्वारेन्टाइनका महत्वपूर्ण सुरक्षात्मक उपायहरु स्वरुप खेलकुद स्थगित गरिएको प्रष्ट्याउनुभयो ।
यसअघि सोमबार इटालीको ओलम्पिक कमिटिले खेलकुदका सबै गतिविधि बन्द गर्न सिफारिश गरेको थियो । यूरोपमा कोरोना भाइरसको संक्रमणले इटाली सबैभन्दा बढी प्रभावित भएको छ । करिब नौ हजार व्यक्तिमा संक्रमण रहेको पुष्टि भइसकेको छ भने ४५० जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?