एजेन्सी
काठमाडौं, फागुन २७ गते । इन्डियन प्रिमियर लिग(आईपीएल)मा सहभागी फ्रेञ्चाइजले पुरस्कार राशी कटौतीसहित प्रस्तावित नयाँ प्रावधान लागू नगर्न आग्रह गरेको छ । आठवटै फ्रेञ्चाइजका सञ्चालकले हस्ताक्षर गरेको पत्र प्रिमियर लिग पदाधिकारी समक्ष पठाइएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले आईपीएल विजेता, उपविजेतासँगै सहभागी फ्रेञ्चाइजको पुरस्कार राशीमा पचास प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै सम्बन्धित फ्रेञ्चाइजले म्याच हुने प्रदेशको सरकारलाई एक करोड रुपियाँ उपलब्ध गराउनुपर्ने नयाँ प्रावधान थप गरेको थियो ।
कलकत्ता नाइट राइडर्सका सञ्चालक शाहरुख खान, मुम्बई इन्डियन्सका आकाश अम्बानी, चेन्नईका काशी विश्वनाथन र देल्ही क्यापिटलका पार्थ जिन्दलले हस्ताक्षर गर्नुभएको पत्र आईपीएल समक्ष बुझाइएको थियो । लिगमा सहभागी हुँदा प्रत्येक टोलीले विजेता राष्ट्रले पाउने पुरस्कार राशी बराबर पचास करोड रुपियाँ पाउँदै आएको छ ।
तय नयाँ प्रावधान बमोजिम पुरस्कार वापत्को ५० करोड रुपियाँलाई चार भागमा बाँड्दै विजेताले २० करोड रुपियाँ पाउने तथा उपविजेताले मात्र १२ करोड ५० करोड रुपियाँ तथा तेस्रो र चौथो हुने टोलीले आठ करोड २५ लाख पाउने व्यवस्था गरिएको छ ।
पत्रमा लिगमा सहभागी फ्रेञ्चाइजसँग परामर्श नै नगरी गरिने बदलाब सम्बन्धमा आपत्ति समेत जनाइएको छ ।