एजेन्स
काठमाडौं, फागुन २७ गते । श्रीलङ्काले इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृखंलाका लागि कुशल परेरालाई टोलीमा बोलाएको छ । लहिरु थिरमन्नेको स्थानमा परेरालाई टोलीमा बोलाइएको हो ।
क्रिकेट श्रीलङ्काले घोषणा गरेको टोलीमा वनिन्डु हसरङ्गा १६ जनामा अटाउनुभएको छ । यद्दपी पिठयुँको देब्रेपट्टी आएको तनाबको कारण उहाँ पहिलो टेष्टमा सहभागी हुनुहुने छैन् । पहिलो टेष्टको अघिल्लो दिन उहाँको स्थानमा अर्को खेलाडी टोलीमा समावेश गरिने जनाइएको छ ।
हसरङ्गा अतिरिक्त टोलीमा तीनजना विशेषज्ञ स्पिनर अटाएका छन् । अफस्पिनर दिलरुवान परेरा, देब्रे हाते स्पिनर लासिथ इम्बुलदेनिया र लक्षण सन्दाकन टोलीमा हुनुहुन्छ ।
सुरङ्गा लकमल, लहिरु कुमारा, कसुन रजिता र विश्व फर्नान्डो तिब्र गतिका बलरका रुपमा टोलीमा अटाएका छन् । हरारेमा जिम्बाबवे विरुद्धको टेष्ट श्रृखंला खेल्दा उत्रिएको टोलीमा कुशल परेरा अतिरिक्त सातजनामध्ये एकजना ब्याट्सम्यानको लागि मात्रै स्थान रिक्त रहेको छ ।
औंलामा चोटका कारण परेराले दुई टेष्ट खेलको पहिलो टेष्ट खेल्नेमा आशंका रहेको छ । दिमुत करुनारत्नेको टोलीमा घोषित टोलीका सदस्यहरुमा कुशल मेन्डिस, एञ्जेलो म्याथ्युज, दिनेश चन्दिमल, कुशल परेरा, धनञ्जय डी सिल्भा, निरोशन डिकवेला, दिलरुवा परेरा रहेका छन् ।
त्यसैगरी, टोलीमा लासिथ इम्बुलदेनिया, लहिरु कुमारा, विश्व फर्नान्डो, कसुन रजिता, लक्षण सन्दाकन, सुरङ्गा लकमल, वनिन्डु हसरङ्गा अटाएका छन् ।