logo
२०८१ मंसिर ९ आईतवार



म्यान सिटि र आर्सनलबीचको खेल स्थगित

खेलकुद |


म्यान सिटि र आर्सनलबीचको खेल स्थगित


एजेन्सी
काठमाडौं, फागुन २८ गते । म्यान्चेष्टर सिटि र आर्सनलबीचको प्रिमियर लिगको खेल स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमण सरेको हुनसक्ने आशंकामा आर्सनलका खेलाडी ‘आइसोलेशन’मा बसेपछि सावधानी स्वरुप म्यान्चेष्टर सिटिसँगको खेल स्थगित गरिएको छ । उक्त खेल बेलायतमा हुने निर्धारण गरिएको थियो । दुबै टोलीले पछि खेल्ने सहमति गरेपछि प्रिमियर लिगले सहमतिमा खेलको मिति निर्धारण गर्ने जनाएको छ ।
आर्सनलका अनुसार ओलम्पियाकोसका व्यवस्थापक इभान्गेलोस मारिनाकिसमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । कोरोना भाइरसका संक्रमित ओलम्पियाकोसका व्यवस्थापक मारिनाकिसले दुई साता अघि यूरोपा लिगको क्रममा आर्सनलका खेलाडीलाई भेटनुभएको थियो । मारिनाकिसले मंगलबार परीक्षण गरेपछि कोभिड–१९ को सकारात्मक पाइएको छ ।
ओलम्पियाकोसले यूरोपा लिगमा बिहिबार नटिघंम फोरेस्टको सामना गर्नेछ । प्रिमियर लिगले अर्को कुनै खेल स्थगन नगर्ने प्रष्ट्याएको छ । ब्राइटनले शनिबारका लागि निर्धारित आर्सनलसँगको खेल पूर्वनिर्धारित तालिका बमोजिम नै हुने जनाएको छ ।
‘आइसोलेशन’ अवधि बिहिबार सम्पन्न हुन लागेकोले संक्रमण फैल्ने सम्भावना न्यून हुँदा ब्राइटनसँगको खेल निर्धारित समयमै हुने आर्सनलले उल्लेख गरेको छ । बेलायतमा भाइरस संक्रमितको संख्या ३८२ रहेकोमा हालसम्म छजनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट संक्रमित भएपछि ज्वरो आउनुका साथै, खोखीसँगै श्वास लिन कठिनाइ हुने हुन्छ । विश्वमा संक्रमितको संख्या करिब एक लाख १६ हजार पुगेको छ । जसले गर्दा विश्व खेलकुदको गतिविधि नराम्ररी प्रभावित हुन पुगेको छ ।
आउँदो दिनमा यूरोपेली फुटबलका म्यान्चेष्टर यूनाइटेड, रेन्जर्स र चेल्सीको खेल बन्द रङ्गशालामा हुने तय गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?