logo
२०८१ मंसिर ९ आईतवार



बङ्गलादेशको नौ विकेटको जितसँग श्रृखंला

खेलकुद |


बङ्गलादेशको नौ विकेटको जितसँग श्रृखंला


एजेन्स
काठमाडौं, फागुन २९ गते । बङ्गलादेशले दोस्रो टी ट्वान्टी खेलमा जिम्बाबवेलाई नौ विकेटले हराएको छ । जितसँगै बङ्गलादेशले दुई म्याचको टी ट्वान्टी श्रृखंला २–० ले जितेको छ ।
जिम्बाबवेले प्रस्तुत गरेको १२० रनको लक्ष्य बङ्गलादेशले खेल सकिन २५ बल बाँकी छदै मात्र एक विकेटको क्षतिमा पुरा गर्यो । उसको जितमा ओपनर लिटन दासले ४५ बलमा अविजित रहनुहुँदै ६० रनको पारी खेल्नुभयो । सौम्य सरकार २० रन बनाएर अविजित रहनुभयो । अर्का ओपनर मोहम्मद नईम भने ३३ रन बनाएर लिटनसँग पहिलो विकेटका लागि ७७ रनको साझेदारी गर्नुभयो ।
जिम्बाबवेका लागि क्रिस मोफुले एक विकेट लिनुभयो ।
यसअघि ढाकामा टस हारेर पहिला ब्याटिङ गर्न आमन्त्रण पाएको पाहुना टोली जिम्बाबवेले २० ओभरमा सात विकेटको क्षतिमा ११९ रनको योगफल तयार गर्यो । ओपनर ब्राण्डन टेलर ४८ बलमा अविजित रहँदै ५९ रनको योगदान दिनुभएपनि ठूलो योगफलसम्म पुर्याउन असमर्थ हुनुभयो । क्रैग अर्वाइनले २९ रन बनाउनुभयो ।
बङ्गलादेशका लागि मुस्तफीजुर रहमान र अल अमीन होस्सैनले सामान दुई दुई तथा मोहम्मद सैफद्दीन, मेहेदी हसन र अफिफ होस्सैनले एक एक विकेट लिनुभयो ।
लिटन दास प्लेयर अफ द् म्याच तथा सेरिज घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?