logo
२०८१ मंसिर ९ आईतवार



लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

खेलकुद |


लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो


एजेन्सी
काठमाडौं, फागुन २९ गते । डिफेन्डिङ च्याम्पियन लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ । अन्तिम १६ सेकेण्डमा सम्हालिन नसक्दा एटलेटिको मड्रिडले लिभरपुलमाथि जित हात पार्दै लिगबाट बाहिर पठाएको हो ।
घरेलु मैदानमा लिभरपुलले एटलेटिको मड्रिडसँग ३–२ ले हार बेहोर्यो । जर्गन क्लपको लिभरपुलले सातौं पटक उपाधि उचाल्ने दौडमा थियो । लिभरपुलले पहिलो लिग १–० ले गुमाएको थियो । एटलेटिको मड्रिडलाई जित दिलाउन मार्कस लोरन्टेले दुई तथा अल्भेरो मोराटाले एक गोल गर्नुभयो । एनफिल्डमा रोबर्टो फिरमिनोले अतिरिक्त समयमा गर्नुभएको पहिलो गोलले लिभरपुललाई अग्रता दिलाएको थियो । लिभरपुल त्यत्तिकैमा सीमित रहँदा एटलेटिकोका लागि अल्भेरो मोराटाले खेलको अन्तिम १६ सेकेण्डमा गोल थप्दै खेल एटलेटिको पक्षमा पारेर लिभरपुललाई लिगबाट बाहिर पठाउन सफल भयो ।
जर्जिन्हो विजन्ल्डमले पहिलो हाफको ४३ औं मिनेटमा हेडमार्फत् गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफसम्म कुनै गोल गर्न नसकेको एटलेटिकोमाथि लिभरपुलले ९४ औं मिनेटमा थप एक गोल गरेर १–० को अग्रता लियो । लगत्तै एटलेटिको मड्रिडले ९७ औं, १०५ औं र १२१ औं मिनेटमा लगातार तीन गोल थपेर लिभरपुलमाथि समग्रमा ४–२ को जित हात पार्न सफल भयो ।
अक्टोबर २०१४ मा लिभरपुलले पहिलो हार बेहोरे यता जर्जन क्लपको ब्यवस्थापनमा घरेलु मैदान एनफिल्डमा उसको यो पहिलो हार हो । सन् २००६ यता लिभरपुल पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा पर्न सकेनन । च्याम्पियन्स लिगको अतिरिक्त समयमा चार गोल भएको यो पहिलो अवसर पनि हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?