logo
२०८१ मंसिर ९ आईतवार



आईपीएल टी ट्वान्टी क्रिकेट पर धकेलियो

खेलकुद |


आईपीएल टी ट्वान्टी क्रिकेट पर धकेलियो
आईपीएलको ट्रफीसहित २०१९ को विजेता मुम्बई इीन्डन्सका खेलाडी, तस्विर–बीसीसीआई


एजेन्सी
काठमाडौं, फागुन ३० गते । इन्डियन प्रिमियर लिग(आईपीएल)को तेह्रौं संस्करण अप्रिल १५ सम्मका लागि सारिएको छ । मार्च २९ देखि सुरु हुने निर्धारण गरिएको प्रिमियर लिगको तालिका कोरोना भाइरस संक्रमणको प्रकोपलाई लिएर पर धकेलिएको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुली, सचिब जय शाह र प्रिमियर लिगका उच्च अधिकारीहरुबीचको बैठकले प्रिमियर लिग सार्ने निर्णय गरेको हो । प्रिमियर लिग सञ्चालकले आठवटै फ्रेञ्चाइजरलाई उक्त जानकारीसहितको पत्राचार गरेको हो । प्रिमियर लिगको खेल सार्ने निर्णयबारे जानकारी गराउन फ्रेञ्चाइजसँग शनिबार मुम्बईमा छुट्टै बैठक पनि बोलाइएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोपलाई बिहिबार विश्वब्यापी महामारी घोषणा गरेको थियो । भारत सरकारको विभिन्न निकायसँगको परामर्शपछि बीसीसीआईले प्रिमियर लिग सार्ने निर्णयमा पुगेको हो । भारत सरकारले अप्रिल १५ सम्मका लागि अन अराइभल भिषा जारी नगर्ने निर्णय गरेको थियो । उक्त निर्णयले प्रिमियर लिगमा सहभागी हुने विदेशी खेलाडीको व्यवस्थापनमा समेत समस्या हुने देखिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?