logo
२०८१ मंसिर ९ आईतवार



अष्ट्रेलियाको न्युजिल्याण्डमाथि सहज जित

खेलकुद |


अष्ट्रेलियाको न्युजिल्याण्डमाथि सहज जित


एजेन्सी
काठमाडौं, फागुन ३० गते । अष्ट्रेलियाले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा न्युजिल्याण्डलाई ७१ रनले हराएको छ । जितसँगै तीन म्याचको एकदिवसीय श्रृखंलामा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।
अष्ट्रेलियाले प्रस्तुत गरेको २५९ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले ४१ ओभरमा मात्र १८७ रनमा सीमित हुन पुग्यो । न्युजिल्याण्डका लागि ओपनर मार्टिन गुप्टिलले बनाउनुभएको ४० रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । टम लाथमले दोस्रो सर्वाधिक ३८ रनको योगदान दिनुभयो ।
अष्ट्रेलियाका लागि प्याट क्युमिन्स र मिशेल मार्शले सामान तीन तीन विकेट लिनुभयो । एडम जाम्पाले दुई तथा जोश हयाज्लऊडले बाँकीको चार विकेट सामान रुपले बाँड्नुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले पुरा ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २५८ रनको औसत योगफल तयार गरेको थियो । उसको पारीमा ओपनरद्वय देवीड वार्नर र आरोन फिञ्चले पहिलो विकेटका लागि १२४ रनको उत्कृष्ट साझेदारी गर्नुभयो । वार्नर ६७ र फिञ्च ६० रन बनाएर पेभेलियन फर्किनुभयो । मध्यक्रममा मार्नस लबुस्नेले ५६ रन बनाएर पारीलाई औसत योगफलसम्म पुर्याउनुभयो ।
न्युजिल्याण्डका लागि लुसी फरगुसन, मिशेल शान्टनरले दुई दुई तथा ईश सोढीले सर्वाधिक तीन विकेट लिनुभयो । मिशेल मार्श प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?