एजेन्सी
काठमाडौं, फागुन ३० गते । इंग्ल्याण्ड र श्रीलङ्काबीचको टेष्ट श्रृखंला रोकिएको छ । कोरोना भाइरसको संक्रमण फैल्नबाट जोगिन सावधानी स्वरुप श्रृखंला रोकिएको हो ।
इंग्ल्याण्ड क्रिकेट टोलीले दुई म्याचको टेष्ट श्रृखंला खेल्न श्रीलङ्का भ्रमणमा छन् । श्रीलङ्कामा रहेका सबै खेलाडी र टोलीको व्यवस्थापकीय कर्मचारी सूचना पाए लगत्तै फर्किने बीबीसीले जनाएको छ । इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले खेलाडीको शारीरिक र मानसिक स्वस्थ्यता नै सबैभन्दा प्रमुख विषय रहेकोले खेल रोकिएको जनाएको छ ।
बिहिबारदेखि टेष्ट श्रृखंला सुरु हुने तय गरिएको थियो । इंग्ल्याण्डले श्रीलङ्काकै घरेलु टोलीसँग यतिबेला अभ्यास खेल खेल्दैछ ।