एकराज गिरी
पोखरा, चैत २ गते । मनाङ मस्र्याङ्ग्दी क्लबले छैठौ पटक आहा रारा गोल्डकपको उपाधि उचालेको छ । मनाङ मस्र्याङदी क्लबले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउमा ४–३ गोलले पराजित गदै १८ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको हो ।
बिजेता मनाङले १० लाख एक हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेता पुलिसले ५ लाख १ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समयमा गोलरहित बराबरीमा टुङगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको अतिरिक्त ३० मिनेटमा पनि दुवै टिमले गोल गर्न असफल भएपछि निर्णायार्थ पेनाल्टी सुटआउटको सहारा लिइएको हो । पेनाल्टी सुटआउटमा पुलिस उपविजेतामा सीमित हुन पुग्यो ।
एक संस्करण बाहेक सवै संस्करणमा सहभागि नेपाल पुलिस क्लबले पहिलो, तेस्रो, छैठौ, सातौ र आठौ, १६ औ गरि पाँच पटक उपाधि उचालि सकेको छ । १८ औ संस्करणमा पुुलिसले मनाङसंग बदला लिने अवसरबाट फेरी चुकेको छ । यो सिजनमा यी दुईवीचको भेट तेश्रो हो । शहिद स्मारक ए डिभिजन लिगमा मनाङले पुलिसलाई २–० र झापा गोल्डकपको फाइलनमा १–० ले पुलिसलाई हराउदै मनाङले उपाधि उचालेको थियो । पुलिसलाई लिग र झापा गोल्डकपको बदला लिदै उपाधि उचाल्ने पुलिसको सपना अधुरो बन्यो ।
पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङको पेनाल्टी मात्रै गोलमा परिणत भयो । मनाङका अञ्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रञ्जन विष्टले गोल गर्नुभयो । मनाङका निसान लिम्बु भने टाइब्रेकरमा गोल गर्न चुक्नुभयो ।उहाँले दाया साइड च्यापेर प्रहार गरेको पेनाल्टी सुट बिपक्षी गोलकिपर रोसन खड्काले डाइभ हानेर रोक्नुभयो ।
शुरुदेखि नै पुलिसबिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको मनाङले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फाल्दा जितका लागि टाइब्रेकरसम्म कुर्नुप¥यो । रक्षापंक्ति बलियो बनाएर बारम्बार आक्रमण बुनेको मनाङले खेलको २० औं मिनेटमै गोल गर्ने अवसर सदुपयोग गर्न सकेन ।
प्रतियोगितामा उपबिजेता बनेको नेपाल पुलिस क्लवका अजित भण्डारी सर्बोत्कृष्ट खेलाडी बन्नुभयो । उहाँले अप्रिला स्कुटर प्राप्त गर्नुभयो । अन्य सबै उत्कृष्टमा भने बिजेता टिम मनाङमस्र्याङ्दी क्लवका खेलाडीहरु बन्नुभयो । मनाङका नितिन थापा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपरमा अशोक बराल, उत्कृष्ट स्ट्राइकरमा अञ्जन विष्ट र उत्कृष्ट प्रशिक्षकमा फुजा टोपे बन्नुभयो । उहाँहरुले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा सर्बाधिक गोलकर्ता ५ जना बन्नुभयो । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलबाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेपा, सहारा अध्यक्ष केशवबहादुर थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । सहारा क्लव पोखराको आयोजनामा गत फागुन २२ गतेदेखि शुरु भएको प्रतियोगिता १० दिनसम्म चलेको थियो । प्रतियोगितामा एक विदेशी सहित १० टिमले प्रतिस्पर्धा गरेका थिए ।कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलबालले आहा रारा गोल्डकपले नेपाली फुटबलको खेलको विकासमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले १८औ संस्करणमा आउदा पोखरा फुटबल स्टेडियमको पूर्वाधारमा धेरै परिर्वतन आएको बताउदै अब प्रतियोगिताको स्तरोन्नती आवश्यक रहेको बताउनुभयो ।