एजेन्सी
काठमाडौं, चैत्त ३ गते । इटालियन फुटबल संघले यूरो २०२० प्रतियोगिता स्थगन गर्न आग्रह गरेको छ । संघले कोरोना भाइरसको संक्रमणले रोकिएको इटाली सिरी ए पुरा गर्न समय लाग्ने भएकोले यूरो कप २०२० स्थगित गर्न आग्रह गरेको हो ।
इटाली फुटबल संघका अध्यक्ष गेब्रिल ग्राभिनाले इटालीको प्रस्तावबारे छलफल गर्न यूरोपेली फुटबल संघका सदस्यहरुबीच मङ्गलबार आकस्मिक बैठक हुने जानकारी दिनुभएको छ । इटाली सिरी ए गत् मङ्गलबार स्थगित गरिएको थियो ।
यूरोपेली फुटबल संघले इटालीको प्रस्तावसँगै यूरोपमा जारी विभिन्न लिग तथा यूरो कप सम्बन्धमा छलफल गर्न ५५ वटै सदस्य राष्ट्रसँग मङ्गलबार भिडियो कन्फरेन्स गर्दैछ । यूरोपको विभिन्न आठ राष्ट्रमा यूरो कप २०२० आगामी जुन १२ देखि सुरु हुने तय गरिएको छ । इटालीले सिरी एलाई निरन्तरता दिदा जुन महिनासम्म सञ्चालन हुने भएकोले त्यसपछि मात्रै यूरो कपको पुर्नतालिका गर्न आग्रह गरेको हो ।