एजेन्सी
काठमाडौं, चैत्त ३ गते । पाकिस्तान र बङ्गलादेश क्रिकेट बोर्ड बाँकी रहेको एक टेष्ट र एक अन्तर्राष्ट्रिय एकदिवसीय खेल सार्न सहमत भएको छ । बङ्गलादेशले यसै महिनाको अन्त्यमा पाकिस्तान भ्रमण गर्ने तालिका थियो ।
पाकिस्तान क्रिकेट बोर्डले एक वक्तब्य जारी गरी बङ्गलादेशले खेल्न बाँकी रहेको एक अन्तर्राष्ट्रिय एकदिवसीय र एक टेष्ट म्याच अनिश्चितकालको लागि स्थगित गरिएको जनाएको छ । उक्त निर्णयमा दुबै बोर्ड सहमतिमा पुगेको पीसीबीले जनाएको छ ।
बङ्गलादेश मार्च २९ मा पाकिस्तान पुग्ने तालिका रहेको थियो । जहाँ उसले अप्रिल एकमा अन्तर्राष्ट्रिय एकदिवसीय र पाँच अप्रिलदेखि टेष्ट म्याच खेल्ने तालिका रहेको थियो । गत् जनवरीमा बङ्गलादेशले भ्रमण छोट्याएर पाकिस्तानबाट फर्किदा अर्को भ्रमणमा उक्त तालिका पुरा गर्ने सहमति गरेको थियो । सन् २०२० मा सम्भव नभए दुबै बोर्डले मार्च २०२१ मा निर्धारित तालिकामा बाँकी रहेको खेल पुरा गर्न सहमत भएको हो । कोरोना भाइरसको जोखिम रहेको दुबै राष्ट्रमा क्रिकेट बोर्डले मार्च महिना भ्रमणका लागि उपयुक्त नहुने निर्णयमा पुगेको छ ।