एजेन्सी
काठमाडौं, चैत्त ४ गते । दक्षिण अफ्रिकी क्रिकेट बोर्डले दुई महिनाका लागि क्रिकेटको सबै गतिविधि बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपति सिरिल रामाफोसाले आइतबार संकटकालको घोषणा गर्नुभएको थियो ।
दक्षिण अफ्रिकी क्रिकेट बोर्डले दुई महिनासम्म घरेलु लिग, फ्रेञ्चाइज र एकदिवसीय प्रतियोगिता लगायतको खेल स्थगित हुने भएको छ । दक्षिण अफ्रिकी क्रिकेट बोर्डले भारत भ्रमणमा रहेको आफ्नो टोलीलाई यसअघि नै फित्र्ता बोलाइसकेको छ । टोली बुधबार स्वदेश फर्किएको छ । त्यसैगरी, महिला क्रिकेट टोलीको अष्ट्रेलियासँगको श्रृखंला समेत धकेलिएको छ ।