logo
२०८१ मंसिर ९ आईतवार



श्रीलङ्कामा घरेलु क्रिकेट स्थगित

खेलकुद |


श्रीलङ्कामा घरेलु क्रिकेट स्थगित


एजेन्सी
काठमाडौं, चैत्त ८ गते । श्रीलङ्काली क्रिकेट बोर्डले घरेलु क्रिकेट प्रतियोगिता स्थगित गरेको छ । कोभिड–१९ संक्रमण फैल्नबाट जोगिन बोर्डले अनिश्चितकालका लागि घरेलु क्रिकेट प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।
घरेलु क्रिकेटमा चर्चित कलेज स्तरीय प्रतियोगिताको क्रममा एकजना दर्शकमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि बोर्डले घरेलु क्रिकेट स्थगित गर्ने निर्णयमा पुगेको हो । उक्त प्रतियोगिता मार्च दोस्रो साता चलेको थियो । संक्रमणको पुष्टि भएका दर्शकको सम्पर्कमा रहेका सबैजनालाई सरकारले ‘सेल्फ क्वारेन्टाइन’मा बस्न आग्रह गरेको छ ।
श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजापाक्षेले यसअघि नै उक्त प्रतियोगिता रोक्न निर्देशन दिनुभएको थियो । तर उहाँको आग्रह अस्वीकार गर्दै प्रतियोगिता सञ्चालन भएको थियो । त्यसपछि चिकित्सकले उक्त खेल नै ‘मास ट्रान्समिसन’को कारण बन्न पुगेको अनुमान गरेका छन् ।
यसअघि श्रीलङ्का र इंग्ल्याण्डले मार्च १३ बाट सुरु हुने टेष्ट श्रृखंला स्थगित गर्ने निचोडमा पुगेको थियो । इंग्ल्याण्ड क्रिकेट टोली अभ्यास म्याच खेलिरहँदा उक्त निर्णय लिइएपछि टोली स्वदेश फर्केको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?