एजेन्सी
काठमाडौं, चैत्त ८ गते । इंग्ल्याण्डमा एक महिनाका लागि व्यवसायिक क्रिकेट खेल्न रोक लगाइएको छ । कोभिड–१९ को संक्रमण महामारीको रुप लिएपछि सर्तकता स्वरुप उक्त निर्णय लिइएको हो ।
इंग्ल्याण्ड क्रिकेट बोर्डका अनुसार मई २८ सम्म इंग्ल्याण्ड वा वेल्समा कुनै व्यवसायिक क्रिकेट हुने छैन् । बोर्डले एम सी सी, १८ घरेलु टोली र व्यवसायिक क्रिकेटर संघसँगको सहमतिपछि उक्त निर्णयमा पुगेको जनाएको छ । जुन, जुलाइ वा अगष्टमा क्रिकेट सुरु गर्न सकिने सम्भावनामाथि छलफल भइरहेको इसीबीले जनाएको छ । जुनमा घरेलु मैदानमा वेष्टइन्डिज विरुद्ध टेष्ट श्रृखंला निर्धारण गरिएको छ ।
इसीबीका प्रमुख कार्यकारी अधिकृत टम हैरिसनले क्रिकेट परिवार, खेलाडी र दर्शकको सुरक्षा पहिलो प्राथमिकता रहेकोले उक्त निर्णय गरिएको जानकारी दिनुभयो ।