logo
२०८१ मंसिर ९ आईतवार



नोभाक जोकोभिचमा कोरोना सङ्क्रमण पुष्टि

खेलकुद |


नोभाक जोकोभिचमा कोरोना सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ९ गते । शीर्ष वरियताका टेनिस खेलाडी नोभाक जोकोभिचमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सर्बियाली खेलाडी जोकोभिच र उहाँको परिवारका अन्य सदस्यहरूमा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो ।
सर्बिया र क्रोएशियामा आयोजित एक टेनिस प्रदर्शनीमा जोकोभिच आफ्नो परिवारका सदस्यहरूसँगै बेलग्रेड र जदारमा सहभागी हुनुभएको थियो । “बेलग्रेडमा अवतरण गरे लगत्तै कोरोना परीक्षण गरियो, म र जेलेनाको परीक्षणबाट सङ्क्रमणको पुष्टि भएको छ, छोराछोरीमा भने सङ्क्रमण देखिएन ।”– जोकोभिचले एक वक्तव्य जारी गरी उल्लेख गर्नुभएको छ ।
जोकोभिचमा सङक्रमणको पुष्टि भएसँगै उहाँ कोरोना सङ्क्रमित हुने चौथो टेनिस खेलाडी हुनुभएको छ । यसअघि ग्रेगर दिमित्रोभ, बोर्ना कोरिक र भिक्टर ट्रोकीमा समेत सङ्क्रमणको पुष्टि भएको थियो । गत साता दिमित्रोभ, कोरिक र ट्रोकी जोकोभिचसँगै समय बिताउनुभएको थियो ।
कोरोना महामारीका बीच बेलग्रेड र जदारमा प्रदर्शनी आयोजना गर्दा जोकोभिचको व्यापक आलोचना गरिएको थियो । जाकोभिचले भने सफा हृदयले आफूले प्रदर्शनीको आयोजना गरेको भन्दै आफ्नो बचाव राख्नुभएको छ । भिक्टर ट्रोकीले मङ्गलबार नै आफ्नो गर्भवती श्रीमतीसमेत सङ्क्रमित बन्न पुगेको जनाउनुभएको थियो । बुल्गेरियाका ट्रोकी तीन पटक ग्राण्ड स्ल्यामको सेमीफाइनलसम्म पुग्ने खेलाडी हुनुहुन्छ ।
बोर्ना कोरिक र दिमित्रोभले शनिबारसँगै टेनिस खेल्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?