logo
२०८१ मंसिर ९ आईतवार

लिभरपुलको सहज जित, क्रिष्टल पेलेस ४–० ले पराजित

खेलकुद |

लिभरपुलको सहज जित, क्रिष्टल पेलेस ४–० ले पराजित

गोरखापत्र अनलाइन
काठमाडौं, असार ११ गते । लिभरपुल ३० वर्षमा पहिलोपटक इंग्लीश प्रिमियर लिगको उपाधिको अत्यन्तै नजिक पुगेको छ । घरेलु मैदान एनफिल्डमा क्रिष्टललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै लिभरपुलले उपाधिसम्म पुग्ने अवधि छोट्याएको छ ।
लिभरपुलको उपाधि हात पार्ने अवधिलाई लम्ब्याउन म्यान्चेष्टर सिटिले भने बिहिबार चेल्सी विरुद्धको खेल जित्नैपर्ने हुन्छ । फराकिलो जित दत्र्ता गर्ने क्रममा अलेक्जेण्डर आर्नोल्डले २३ औं मिनेटमा पहिलो गोल गर्नुहुँदै लिभरपुललाई १–० को अग्रता दिलाउनुभयो । पहिलो हाफ सकिन केही मिनेट मात्रै बाँकी रहँदा फाबिन्होको पासलाई गोलको दिशा दिदै मोहम्मद सलहले गोल अन्तर दोब्बर पार्नुभयो ।
५४ औं मिनेटमा फाबिन्होले अझै विशेष गर्नुभयो । ३० गजबाहिरबाट फाबिन्होले गर्नुभएको प्रहार वेयान हेन्नसीलाई छिचोल्दै गोलमा परिणत भएपछि फाबिन्होले लिभरपुललाई खेलमा ३–० को अग्रता दिलाउनुभयो । ६९ औं मिनेटमा साडियो मानेले मोहम्मद सलहको पासलाई गोलमा परिणत गर्दा लिभरपुल खेलमा ४–० को आरामदायी जित हात पार्न सफल भयो ।
लिभरपुल ३१ खेललिभरपुलको सहज जित, क्रिष्टल पेलेस ४–० ले पराजित

लिभरपुल ३१ खेलबाट ८६ अङ्क बटुल्दै अङ्क तालिकाको शिर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेष्टरले ३० खेलबाट ६३ अङ्क बटुल्दा लेसास्टर सिटिको ३१ खेलबाट ५५, चेल्सीको ३० खेलबाट ५१, म्यान्चेष्टर यूनाइटेडको ३१ खेलबाट ४९ अङ्क रहेको छ ।
बाट ८६ अङ्क बटुल्दै अङ्क तालिकाको शिर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेष्टरले ३० खेलबाट ६३ अङ्क बटुल्दा लेसास्टर सिटिको ३१ खेलबाट ५५, चेल्सीको ३० खेलबाट ५१, म्यान्चेष्टर यूनाइटेडको ३१ खेलबाट ४९ अङ्क रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?