logo
२०८१ मंसिर ९ आईतवार



बार्सिलोनालाई ८–२ ले हराउँदै बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमीफाइनल पुग्यो

खेलकुद |


बार्सिलोनालाई ८–२ ले हराउँदै बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमीफाइनल पुग्यो


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ३१ गते । बार्यन म्युनिखले बार्सिलोनालाई पराजित गरेको छ । च्याम्पियन लिग फुटबलको क्वार्टरफाइनलमा बार्यनले क्रुर हुँदै बार्सिलोनाको गोल पोष्ट ८ गोल गर्दै विशाल अन्तरको जित हात पारेको हो ।
जर्मनीको बुन्डेस लिगा च्याम्पियन बार्यनले बार्सिलोनामाथि जितसँगै सेमीफाइनलको लागि स्थान सुरक्षित गरेको छ । लियोनल मेस्सीको बार्सिलोना भने क्वार्टरफाइनलबाटै बाहिरिन पुगेको हो । सेमीफाइनलमा वार्यनले शनिबार म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासँग सामना गर्नेछ ।
लिस्बनमा शुक्रबार अबेर राति सम्पन्न खेलमा वार्यनले आठ गोल गर्दा बार्सिलोनाले दुई गोल मात्रै फर्काउन सक्यो ।
बार्सिलोनामाथि विशाल अन्तरको जित हात पार्ने क्रममा वार्यनले पहिलो हाफमा चार गोल गर्यो । दोस्रो हाफमा सामान चार गोल थप गरेर वार्यनले खेल सकिदा बार्सिलोनालाई २–८ ले स्तब्ध बनायो । थोमस मुलरले चौथो मिनेटमै गोल गरेर वार्यनलाई प्रारम्भिक अग्रता दिलाउनुभयो । बार्सिलोनाले सातौं मिनेटमा देविड अल्बाको प्रहारमा बराबरी गोल फर्काउन सफल भएपनि त्यसपछि बार्यनको आक्रामक खेल अगाडि निरीह बन्नुपर्यो ।
वार्यनका लागि २१ औं मिनेटमा इभान पेरिसिकले गोल गर्नुहुँदै अन्तर दोब्बर पार्नुभयो । २७ औं मिनेटमा सर्गेइ ग्नब्राले तेस्रो तथा ३१ औं मिनेटमा थोमस मुलरले ब्यक्तिगत् दोस्रो तथा वार्यनका लागि चौथो गोल गर्नुभयो ।
दोस्रो हाफको सुरुवातमै लुईस सौरेजले बार्सिलोनाका लागि दोस्रो गोल गर्दा खेल ४–२ को स्थितिमा आयो । त्यसपछि खेल अवधिभरि बार्सिलोनाले गरेको गोलको प्रयास सफल हुन सकेन । वार्यनले भने दोस्रो हाफमा थप चार गोल जोड्यो । किमिचले ६३ औं मिनेटमा पाँचौं गोल गर्दा ८२ औं मिनेटमा लेवान्डोस्कीले छैठौं तथा कौटिन्होले ८५ र ८९ औं मिनेटमा लगातार दुई गोल गरेर वार्यनलाई ऐतिहासिक सफलता दिलाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?