गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १ गते । बार्सिलोनाका ब्यवस्थापक क्विक सेटिएनलाई बर्खास्त गरिएको छ । उहाँको स्थानमा सोमबार नेदरल्याण्ड्सका प्रशिक्षक रोनाल्ड कोइमनलाई व्यवस्थापकको जिम्मेवारी दिइने तयारी गरिएको छ ।
स्पेनिस ला लिगाको उपविजेता बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा बार्यन म्युनिखबाट ८–२ को विशाल अन्तरले पराजित हुनपुग्दा सेटिएनको पदमा धरापमा परेको हो । ६१ वर्षीय सेटिएनलाई गत् जनवरी महिनामा अर्नेस्टो भाल्भ्रेडको स्थानमा बार्सिलोनाले व्यवस्थापकको जिम्मेवारी दिएको थियो । तर सन् २०१९–२० को सिजनमा उहाँले एउटै उपाधि दिलाउन सक्नुभएन ।
आइतबार राति स्पेनिश रेडियो स्टेशन काडेना कोपसँगको कुराकानीमा बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेले सेटिएनलाई बर्खास्त गरिएको जानकारी दिनुभएको थियो । उक्त निर्णयलाई औपचारिकता दिन आज परिषदको बैठक बस्दैछ ।