logo
२०८१ मंसिर ९ आईतवार



लियोनलाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा पुग्यो

खेलकुद |


लियोनलाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा पुग्यो
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ४ गते । बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ । दोस्रो सेमीफाइनल खेलमा बायर्नले लियोनलाई पाखा लगाउँदै उपाधिका लागि पेरिस सैन्ट जर्माइनसँगको भेट सुनिश्चित गरेको हो ।
च्याम्पियन्स लिगको फाइनलसम्म बायर्न म्युनिखको यो ११ औं यात्रा हो । च्याम्पियन्स लिगमा उत्कृष्ट लयमा रहेको बायर्नले लियोनलाई हराउँदा उसले लगातार दशौं जित हात पार्यो । सन् २०१५ मा रियल मड्र्डिले लगातार दश पटक जितेर च्याम्पियन्स लिगमा लगातार सर्वाधिक जितको कीर्तिमान बनाएको थियो । बायर्नले उक्त कीर्तिमानको बराबरी गरेको हो । जर्मन क्लब बायर्न यसअघि सन् २०१३ मा समेत उक्त कीर्तिमान बनाएको थियो ।
खेलको सुरुवातमै दुई पटक गोल गर्न पाएको अवसर फ्रेञ्च क्लब लियोनले खेर फालेको थियो । उक्त अवस्थापछि आक्रामक खेलेको बायर्नले १८ औं मिनेटमा सर्जी नाब्रीको गोलमा महत्वपूर्ण अग्रता कायम गर्यो । ३३ औं मिनेटमा नाब्रीले गोल अन्तरलाई दोब्बर पार्नुभयो ।
८८ औं मिनेटमा रोबर्ट लेडोन्स्कीले गर्नुभएको प्रहार बायर्नलाई ३–० को एकतर्फी जित दिलाउनुका साथै फाइनलमा पीएसजीसँगको भेट समेत समेत सुनिश्चित गराउनुभयो । बायर्नले यसअघि चार पटक सेमीफाइनलसम्म पुगेपनि त्यसभन्दा अघिको यात्रा गर्न सकेको थिएन ।
बायर्नले फाइनलमा आइतबार पीएसजीको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?