logo
२०८१ मंसिर ९ आईतवार



सन्दीप लामिछाने सम्मिलित जमैकाको हार

खेलकुद |


सन्दीप लामिछाने सम्मिलित जमैकाको हार


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ५ गते । क्यारेबियन प्रिमियर लिगको आफ्नो दोस्रो खेलमा जमैका तलावाजले हार बेहोरेको छ । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैकालाई ट्रिनबागो नाइट राइडर्सले सात विकेटले हराएको हो । वेष्टइन्डिज क्रिकेट टाेलीका प्रमुख खेलाडीहरू रहेको ट्रिनबागो लिगको सबैभन्दा बलियो टोली हो । ट्रिनबागो दुई खेलमध्ये दुवैमा जित हात पारेर अङ्कतालिकाको शीर्ष स्थानमा उक्लेको हो । जमैका भने दुईमध्ये एउटामा जित र अर्कोमा हारसँगै छ टाेली सम्मिलित लिगको चौथो स्थानमा झरेको छ ।
ट्रिनाडाडस्थित ब्रायन लारा रङ्शालामा सम्पन्न खेलमा जमैकाले प्रस्तुत गरेको १३६ रनको झिनो लक्ष्य ट्रिनबागोले खेल सकिन ११ बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा पूरा गरेको छ । रन जोड्न नपाउँदै ओपनर लेन्डी सिमोन्सको रुपमा पहिलो विकेट गुमाएर ट्रिनबागोले कमजोर सुरुवात गर्न पुग्यो । दोस्रो विकेटका लागि सुनिल नारैनले कोलिन मुनरोसँग उत्कृष्ट ७५ रनको साझेदारी गरेपछि ऊ सहज स्थितिमा पुगेको थियो । सुनिल नारैन मात्र ३८ बलमा सात चौका र दुई छक्का लगाएर ५३ रनमा ब्याटिङ गरिरहँदा सन्दीप लामिछानेले क्रैग बर्थवैटको हातमा क्याच थमाउनुभयो । तर जमैकाका लागि खेलमा पुनरागमनमा अबेर भइसकेको थियो । डरेन ब्राभो र क्यारन पोलार्डको साझेदारीले बाँकी रहेको ६० रन सहजै पूरा गर्यो ।
सन्दीपले चार ओभरमा ३० रन खर्चेर क्रिजमा राम्ररी जमेका नारैनको विकेट लिनुभयो । फिडेल एडवार्ड्स र मुजिब उर रहमान सामान एक एक विकेट लिनुभयो । फिडेलले चार ओभरमा मात्र १९ रन खर्चिँदा रहमानले मात्र १३ रन खर्चिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको जमैकाले खाता नखोल्दै ओपनर सैडविक वाल्टनको रुपमा पहिलो विकेट गुमाउन पुग्यो । अर्का ओपनर ग्लैन फिलिप्सले ५८ रन बनाएर उत्कृष्ट पारी खेलेपनि अन्य कुनै पनि ब्याट्सम्यान जम्न नसक्दा ऊ २० ओभरमा आठ विकेटको क्षतिमा १३५ रनमा समेटिन पुग्यो । आन्द्रे रस्सैलले २५ तथा रमाल लेविसले १५ रनको योगदान दिनुभयो ।
ट्रिनबागोका लागि अली खान र जयडेन सिल्सले सामान दुई-दुई तथा सुनिल नारैन, फवाद अहमद र डारेन ब्राभोले सामान एक-एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?