logo
२०८१ मंसिर ९ आईतवार



अन्तर्राष्ट्रिय क्रिकेटमा एण्डरसनको छ सय विकेट पूरा

खेलकुद |


अन्तर्राष्ट्रिय क्रिकेटमा एण्डरसनको छ सय विकेट पूरा


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १० गते । जेम्स एण्डरसन अन्तर्राष्ट्रिय क्रिकेटमा छ सय विकेट पूरा गर्नुहुने पहिलो तीव्र गतिका बलर बन्नुभएको छ । इङल्याण्ड का एण्डरसनले पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलमा आफ्नो छ सय विकेट पूरा गर्नुभएको हो ।
तेस्रो टेष्ट खेलको अन्तिम दिनमा जेम्स एण्डरसनले आफ्नो तेस्राे ओभरको दोस्रो बलमा पाकिस्तानका कप्तान अजहर अलिलाई पहिलो स्लिपमा जोइ रुटको हातमा क्याच थमाउँदै अन्तर्राष्ट्रिय क्रिकेट जीवनको छ सयौँ विकेट पूरा गर्नुभएको हो । यसअघि श्रीलङ्काका मुतैया मुरलीथरनले अन्तर्राष्ट्रिय क्रिकेटमा छ सय विकेट पूरा गर्नुभएको कीर्तिमान छ । उहाँ मुतैयाभन्दा छ बल बढी फ्याँकेर उक्त कीर्तिमानको बराबरी गर्नुभएको हो ।
वर्षाले पटकपटक अवरुद्ध भएको खेलमा पाकिस्तान खेलको अन्तिम दिन आफ्नो दोस्रो पारीमा चार विकेटको क्षतिमा १८७ रन बनायो । इंग्ल्याण्डले पहिलो पारी ८ विकेटको क्षतिमा ५८३ रनमा घोषणा गरेको थियाे । पाकिस्तानले भने पहिलो पारीमा मात्र २७३ रन जोडन सक्दा ऊ २१० रनले पछाडि रहँदै फ्लो अनमा पर्यो ।
तेस्रो टेष्ट खेल नतिजाविहीन बन्न पुग्दा पहिलो टेष्ट म्याच जितेको इंग्ल्याण्डले श्रृङ्खला १–० ले जितेको छ । दोस्रो टेष्ट बराबरीमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?