गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । इंग्ल्याण्डले आइसल्याण्डमाथि १–० को जित हात पारेको छ । यूइएफए नेशन्स लिगमा इंग्ल्याण्डका रहिम स्टर्लिङ्गले दोस्रो हाफको इन्ज्युरी टाइमको पहिलो मिनेटमा गोल गर्दा रोमाञ्चक स्पर्धामा इंग्ल्याण्डले १–० को जित हात पारेको हो ।
८९ औं मिनेटमा रहिमले गर्नुभएको प्रहार आइसल्याण्डका स्भेरिर इन्गासोनले हयाण्ड गरेपछि इंग्ल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । इन्गासोनले दोस्रो पहेंलो कार्ड पाउँदा आइसल्याण्ड दश खेलाडीमा सीमित भएको थियो । त्यसअघि, आइसल्याण्डले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्न सकेन । बिर्किर जार्नसनले जोइ गोमेजको ‘फौल’मा पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्न नसक्दा आइसल्याण्ड निराश हुनुपर्यो ।
कायल वाल्कर दोस्रो पहेंलो कार्ड पाउँदा इंग्ल्याण्ड दोस्रो हाफको अन्तिम समयमा दश खेलाडीमा सीमित हुन पुगेको थियो ।