logo
२०८१ मंसिर ९ आईतवार



मेस्सी बार्सिलोनाको प्रशिक्षणमा सहभागी हुने सुनिश्चित

खेलकुद |


मेस्सी बार्सिलोनाको प्रशिक्षणमा सहभागी हुने सुनिश्चित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । बार्सिलोना परित्याग गर्ने आफ्नो प्रयास विफल भएपछि लियोनल मेस्सी प्रशिक्षणका लागि फित्र्ता हुनुभएको छ । ३३ वर्षीय मेस्सीले दुई साता अघि बार्सिलोना समक्ष स्थानान्तरणको आग्रह बुझाउनुभएको थियो । तर गत् शुक्रबार उहाँले मुक्त हुन भुक्तानी गर्नुपर्ने रकम कुनै पनि टोलिका लागि असम्भव भएकोले आफू यथावत् बार्सिलोनामै बस्ने बताउनुभएको थियो ।
नयाँ प्रशिक्षक रोनाल्ड कोमनको आगमनपछि आर्जेन्टाइन फरवार्ड मेस्सी पहिलो पटक प्रशिक्षणमा सहभागी हुनुभयो । बार्सिलोनाले आफ्नो ला लिगा अभियानको २७ सेप्टेम्बरका दिन भिलेरल विरुद्धको खेलसँगै सुरुवात गर्नेछ । मेस्सी अगष्ट ३० यता प्रशिक्षणमा सहभागी हुनुभएको थिएन । २५ अगष्टमा उहाँ स्थानान्तरणको आग्रहसहित निवेदन बार्सिलोनालाई बुझाएपछि अनुपस्थित रहँदै आउनुभएको छ ।
बार्सिलोना र ला लिगा दुबैले मेस्सीले उल्लेख गर्नुभएको धारा औचित्यहीन भइसकेको जनाउँदै आएको थियो । उक्त धारा बमोजिम मेस्सीलाई खरिद गर्ने क्लबले ७० करोड यूरो बुझाउनुपर्ने थियो ।
ला लिगाका अध्यक्ष जाभियर टेबासले भन्नुभयो, “मेस्सी हामीसँगै रहोस् भने चाहेका छौं, फुटबल इतिहासको उहाँ उत्कृष्ट खेलाडी हुनुहुन्छ र हामीले ला लिगामै आबद्ध भएर उहाँ आफ्नो फुटबल जिवनको अन्त्य गरोस् चाहेका छौं ।”
मेस्सी करिब २० वर्षदेखि ला लिगामै आबद्ध रही फुटबल खेल्दै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?