गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २० गते । बार्सिलोनाले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हात पारेको छ । लिगको समूह जी मा रहेको बार्सिलोनाले बुधबार राति डाइनामो किभलाई हराउँदै तीन खेलमा लगातार तेस्रो जित हात पार्न सफल भयो ।
कप्तान लियोनल मेस्सीले पेनाल्टी क्षेत्रबाट गर्नुभएको प्रहार गोलमा परिणत भएपछि बार्सिलोनाले खेल सुरु भएको पाँचौं मिनेटमा नै महत्वपूर्ण अग्रता लिन सफल भयो । जिर्राड पिकले ६५ औं मिनेटमा गोल संख्या दोब्बर पार्दै बार्सिलोनालाई २–० को अग्रता दिलाउनुभयो । डाइनामो किभको तर्फबाट ७५ औं मिनेटमा कप्तान भिक्टर सीगान्कोभले फर्काउनुभएको गोल शान्त्वना गोल रहन गयो ।