logo
२०८१ मंसिर ९ आईतवार



भारत विरुद्धको टी ट्वान्टी र एकदिवसीय क्रिकेटमा केन रिचर्डसन नखेल्ने

खेलकुद |


भारत विरुद्धको टी ट्वान्टी र एकदिवसीय क्रिकेटमा केन रिचर्डसन नखेल्ने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ३ गते । अष्ट्रेलियाले भारत विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय र टी ट्वान्टी श्रृखंलाका लागि केन रिचर्डसनको स्थानमा एन्ड्रयु टाइलाई टोलीमा स्थान दिएको छ । तिब्र गतिका बलर रिचर्डसनले आफ्नो नवजात शिशु र श्रीमतिसँगै घरमै बस्ने आग्रह गरेपछि क्रिकेट अष्ट्रेलियाले उहाँको स्थान एन्ड्रयु टाइलाई बोलाएको हो ।
एडिलैडमा कोभिड–१९ प्रकोपको रुप लिएपछि क्रिकेट अष्ट्रेलियाले त्यहाँस्थित घरमै बसिरहेका खेलाडीको उद्धार गरी अन्यत्र सारेको थिए । जसमा बिग बैश लिग र भारत विरुद्धको श्रृखंला खेल्ने खेलाडीहरु छन् । उद्धार गर्ने क्रममा रिचर्डसनले आफू तात्काल श्रीमति र नवजात छोरासँग बस्ने बताउनुभएको थियो ।
एन्ड्रयु टाइ इंग्ल्याण्ड भ्रमणका क्रममा समेत अष्ट्रेलिया टोलीमा अटाउनुभएको थियो । इन्डियन प्रिमियर लिगमा उहाँले राजस्थान रोयलको प्रतिनिधित्व गर्नुभएको थियो । लिगमा समेत उहाँले एक मात्र म्याचमा सहभागी हुने अवसर पाउनुभयो । पिडौंलाको शल्यक्रियाले पछिल्लो एक वर्षमा उहाँ क्रिकेटमा सक्रिय रुपमा लाग्नुभएको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?