logo
२०८१ मंसिर ९ आईतवार



डेनमार्कमाथि ४–२ को जितसँगै बेल्जियम नेशन्स लिगको फाइनलमा पुग्यो

खेलकुद |


डेनमार्कमाथि ४–२ को जितसँगै बेल्जियम नेशन्स लिगको फाइनलमा पुग्यो


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ४ गते । रोमेलो लुकाकुले दुई गोल गरेपछि बेल्जियमले डेनमार्कमाथि जित हात पार्दै नेशन्स लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ । जितसँगै बेल्जियमले फ्रान्स, स्पेन र इटालीसँगै उभिएको छ । सन् २०२१ अक्टोबरमा फाइनल खेल हुनेछ । इंग्ल्याण्डलाई २–० ले हराएको बेल्जियमले समूह ए२ मा अङ्क तालिकाको शिर्ष स्थानमा पुग्दै फाइनलको लागि स्थान सुनिश्चित गरेको हो ।
लिसेस्टरका यूरी टिलेमन्सले खेलको तेस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई १–० को अग्रता दिलाउनुभयो । जोनास विन्डले १७ औं मिनेटमा बराबरी गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो । पहिलो हाफ १–१ को बराबरीमा सकिदा दोस्रो हाफको ५७ औं र ६९ औं मिनेटमा रोमेलो लुकाकुले लगातार दुई गोल गर्दै गोल अन्तर तेब्बर बनाउनुभयो । नासर चाड्लीले ८६ औं मिनेटमा आत्मघाती गोल गर्दा ३–२ को स्थितिमा पुगेको बेल्जियमलाई डे ब्रुयनले ८७ औं मिनेटमा चौथो गोल गर्दै बेल्जियमको जित सुनिश्चित गर्नुभयो ।
गए राति नै सम्पन्न अन्य खेलहरुमा इटालीले बोस्निया हर्जगोभिनामाथि २–० को जित हात पार्यो । नेदरल्याण्ड्सले पोल्याण्डलाई २–१ ले हराउँदा ग्रीसले स्लोभानियासँग गोलरहित बराबरी खेल्यो । कोसोभोले मोल्डोभालाई १–० ले तथा इंग्ल्याण्डले आइसल्याण्डमाथि ४–० को जित हात पार्यो । अष्ट्रिया र नर्वे तथा उत्तरी आयरल्याण्ड र रोमानियाबीचको खेल १–१ को बराबरीमा सकियो । चेक रिपब्लिकले स्लोभाकियामाथि २–० ले इजरायलले स्कटल्याण्डमाथि १–०, हंगेरीले टर्कीमाथि २–० तथा सर्बियाको रुसमाथि ५–० को विशाल अन्तरको जित हात पार्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?