गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ७ गते । राफल नाडल र नोभाक जोकोभिच एटीपी फाइनल्स टेनिस प्रतियोगिताबाट बाहिरिएका छन् । डेनिल मेदभेदेभ र डोमिनिक थिम उपाधिका लागि भिड्ने भएका हुन् ।
लण्डनमा सम्पन्न दोस्रो सेमीफाइनल खेलमा विश्व वरियतामा दोस्रो स्थानमा रहनुभएका राफल नाडल रुसका मेदभेदेभसँग पराजित हुनुभयो । मेदभेदेभले ३–६ ७–६(७–४) ६–३ ले नाडलमाथि जित हात पार्दै एटीपी फाइनल्सको लागि उपाधिको होडमा स्थान सुनिश्चित गर्नुभयो ।
पहिलो सेमीफाइनल खेलमा डोमोनिक थिमले विश्व वरियतामा शिर्ष स्थानका नोभाक जोकोभिचमाथि जित हात पार्नुभयो । उहाँले जोकोभिचमाथि ७–५ ६–७(१०–१२) ७–६(७–५) को जित हात पार्नुभयो ।
आइतबार थिम र मेदभेदेभबीच उपाधिको लागि स्पर्धा हुनेछ । गत् सेप्टेम्बर महिनामा यूएस ओपनको उपाधि जित्दा थिम पहिलो पटक ग्राण्ड स्लाम जित्नुभएको हो ।