गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ७ गते । ब्रुनो फर्नान्डिसले पाउनुभएको पेनाल्टी गोलमा परिणत भएपछि म्यान्चेष्टर यूनाइटेडले वेष्ट ब्रुमलाई हराउँदै प्रिमियर लिगमा पहिलो जित हात पारेको हो । प्रिमियर लिगमा पहिलो जित हात पार्ने क्रममा यूनाइटेडले वेष्ट ब्रुममाथि १–० को अग्रता लियो ।
यूनाइटेडका पूर्ब गोलरक्षक साम जोन्स्टोनले फर्नान्डिसको पहिलो प्रहारलाई उत्कृष्ट बचाब गर्नुभयो । तर रिभ्युमा जोन्स्टोन उभिएको पंक्ति छोडेको देखाएपछि फर्नान्डिसले दोस्रो अवसरमा गर्नुभएको प्रहार गोलमा परिणत हुँदा यूनाइटेडको जित सुनिश्चित भयो । हारसँगै वेष्ट ब्रुमले प्रिमियर लिगको पहिलो जितको पर्खाइ अझै कायम रहनेछ । वेष्ट ब्रुम कप्तान जैक लिभरमोर र डिफेन्डर क्यारन गिब्स बिना नै मैदानमा उत्रिएको थियो । दुबैजना कोरोना पोजेटिभ भएपछि आइसोलेशनमा छन् ।
ओल्ड ट्राफोर्डमा कोनोर गल्लाघरले फर्नान्डिसलाई लडाउँदा यूनाइटेडले पेनाल्टीको अवसर पाएको थियो ।