logo
२०८१ मंसिर ९ आईतवार



रुसी मेदभेदेभ एटीपी फाइनल्सको च्याम्पियन

खेलकुद |


रुसी मेदभेदेभ एटीपी फाइनल्सको च्याम्पियन
तस्विर-एटीपी टुर


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ८ गते । डेनिल मेदभेदेभ एटीपी फाइनल्सको च्याम्पियन हुनुभएको छ । उपाधिको लागि भएको खेलमा उहाँले डोमिनिक थिमलाई हराउनुभएको हो ।
लण्डनको ओ २ एरेनामा गए राति अबेर सम्पन्न खेलमा रुसी मेदभेदेभले ४–६ ७–६(७–२) ६–४ ले विश्व वरीयताका तेस्रो स्थानका थिमलाई हराउनुभयो । थिमले दोस्रो सेटमा अग्रता लिँदा मेदभेदेभले अन्तिम सेटलाई निर्णायक बनाउनुभयो । २४ वर्षीय मेदभेदेभ विश्व वरीयतामा यस वर्ष चौथो स्थानमा रहनुहुनेछ ।
मेदभेदेम एकै सिजनमा विश्व वरीयताका शीर्ष तीन स्थानका टेनिस खेलाडीलाई हराउने पहिलो खेलाडी बन्ने कीर्तिमान समेत बनाउनुभएको छ । यसअघि उहाँले नोभाक जोकोभिच र रफाल नाडललाई हराउनुभएको थियो । नोभेम्बर २०१९ देखि अक्टोबर २०२० सम्म उहाँले विश्व वरीयताका शीर्ष दश स्थानका कुनै पनि खेलाडीलाई पराजित गर्न सक्नुभएको थिएन । तर चार साताको अन्तरालमा उहाँले विश्व वरीयतामा शीर्ष दश स्थानमा रहेका सात जना टेनिस हस्तीलाई पराजित गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?