गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ८ गते । लिभरपुलले लिसेस्टर सिटीलाई हराएको छ । प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा लिभरपुलले लिसेस्टरलाई हराउँदै अङ्क तालिकाको शिर्ष स्थानमा रहेको टट्नहम हर्ट्स्परसँग अङ्क बराबरीको गरेको छ । लिभरपुललाई हराएर शिर्ष स्थानमा उक्लिने लिसेस्टरको आशामाथि तुषारापात भयो ।
लिभरपुलले लिसेस्टरमाथि ३–० को जित हात पार्दा घरेलु मैदानमा लगातार ६४ खेलसम्म अपराजित रहने नयाँ कीर्तिमान बनाएको छ । सन् १९७८ र सन् १९८१ म लिभरपुल ६३ खेलसम्म अपराजित रहँदा लिसेस्टरसँग हार बेहोरेर उसको कीर्तिमान तोडिएको थियो । तर यसपटक भने भर्जिल भान डिक, ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड, जोइ गोमेज, जोर्डन हेण्डरसन, थिएगो अल्कान्टरा र मोहम्मद सलहको अनुपस्थितिमै उसले कीर्तिमान बनाउन सफल रह्यो ।
लिसेस्टरका जोनी इभानले आत्मघाती गोल गरेपछि खेलमा अग्रता लिएको लिभरपुलले हाफ टाइमभन्दा चार मिनेट अघि अर्को गोल थपेर गोल संख्या दोब्बर पार्यो । एन्ड्रयु रोबर्टसनको क्रसलाई डिएगो जोटाले गोलको दिशा दिनुभयो । दोस्रो हाफमा लिसेस्टरले केही नियन्त्रित र सुधारिएको प्रदर्शन गरेर अधिकांश समय लिभरपुललाई गोल गर्नबाट रोकेको थियो । तर खेल सकिन चार मिनेट बाँकी छँदा रोबर्टो फिर्मिन्होले हेडरमार्फत् गोल गर्दै लिभरपुलको अग्रता दोस्रो हाफमा लिसेस्टरले केही नियन्त्रित र सुधारिएको प्रदर्शन गरेर अधिकांश समय लिभरपुललाई गोल गर्नबाट रोकेको थियो । तर खेल सकिन चार मिनेट बाँकी छँदा रोबर्टो फिर्मिन्होले हेडरमार्फत् गोल गर्दै लिभरपुलको अग्रता ३–० बनाउनुभयो ।
लिभरपुलले नौ खेलबाट सामान २० अङ्क बटुल्दै टट्नहमपछि दोस्रो स्थानमा छ । लिसेस्टर भने सामान नौ खेलबाट १८ अङ्कसहित चौथो स्थानमा छ । तेस्रो स्थानको चेल्सीको १८ अङ्क छ ।