logo
२०८१ मंसिर ९ आईतवार



अष्ट्रेलियन ओपनमा ढिलाइ हुनसक्ने

खेलकुद |


अष्ट्रेलियन ओपनमा ढिलाइ हुनसक्ने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १० गते । अष्टे«लियन ओपन निर्धारित समयमा नहुने भएको छ । यसवर्षको पहिलो ग्राण्ड स्लाम मेलबर्नमा १८ देखि ३१ जनवरी २०२१ सम्म हुने निर्धारण गरिएको थियो ।
भिक्टोरिया सरकारले अष्ट्रेलियन ओपन निर्धारित समयभन्दा एकदेखि दुई सातासम्म ढिला गरी हुने जनाएको छ । कोभिड क्वारेन्टिन सम्बन्धी निर्देशिका बमोजिम अष्ट्रेलियन ओपनमा सहभागी हुन आउने खेलाडीलाई डिसेम्बर अन्त्यसम्म अष्ट्रेलिया प्रवेशको अनुमति छैन् । बीबीसीका अनुसार भिक्टोरिया राज्यका खेलकुद मन्त्री मार्टिन पकुलाले अष्ट्रेलिया ओपन पूर्व निर्धारित तालिकामा एकदेखि दुई सातासम्म ढिला गरी सुरु हुने बताउनुभयो ।
अष्ट्रेलियन ओपनको सिजनको सुरुवात जनवरी पहिलो सातादेखि सुरु हुनेछ । टेनिस अष्ट्रेलियाले सहभागी हुन आउने खेलाडी दुई साता क्वारेन्टिनमा बस्नुपूर्ब डिसेम्बर दोस्रो सातासम्म अष्ट्रेलिया प्रवेश गरिसक्नुपर्ने आशा गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?