logo
२०८१ मंसिर ९ आईतवार



दोश्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से तेक्वान्दो च्याम्पियनसिप हुँदै

खेलकुद |


दोश्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से तेक्वान्दो च्याम्पियनसिप हुँदै


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १० गते । इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा दोश्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आफ्नो २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । कोभिड १९ महामारीअघि आइओएफटिसी अमेरिकाको मिसिगनमा १३ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपको आयोजना गर्ने तयारीमा थियो ।
तेक्वान्दो वृत्तमा प्रतिष्ठित बनिसकेको यो प्रतियोगिता आइओएफटिसीले प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङमा एक–एक संस्करणको आयोजना गरिसकेको छ । यसपाली आयोजकको पोर्टल्यान्डबाहेक अमेरिकाको अर्को राज्यमा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप गर्ने योजना पूरा हुन सकेन ।
आईओएफटीसीका निर्देशक दीवाकर महर्जनले आईओएफटीसीले कोभिड महामारीबीच पनि तेक्वान्दोलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय अनलाइन प्रतियोतिगा हुन लागेको जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिमका कारण खेलमा फर्कन नपाइरहेको अवस्थामा यस प्रतियोगिताले खेलाडीलाई थारै भएपनि राहत दिने विश्वास गरेका छौँ– निर्देशक महर्जन भन्नुहुन्छ ।
प्रतियोगितामा ब्ल्याक वेल्ट र कलर वेल्ट गरी जम्मा ५० स्पर्धामा प्रतिस्पर्धा हुनेछन् । ब्ल्याक वेल्टमा पुरुष÷महिलामा समान ११–११ स्पर्धामा खेल हुनेछ । कलर वेल्टतर्फ पुरुष÷महिलामा समान १४–१४ स्पर्धा समावेश छन् ।
डिसेम्बर १५ देखि २५ तारिखसम्म बढीमा ९० मिनेट सम्मको श्रब्यदृष्य पठाउनु पर्ने छ । नतिजा ३१ डिसेम्बरमा सार्वजनिक गरिने आयोजकले छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ ।
नेपाली खेलाडीको सहभागितामा सहजीकरण गर्ने हेतुले रामचन्द्र ब्यन्जनकारको संयोजकत्वमा पाँच सदस्यीय आईओएफटीसी हेल्प डेस्क टिम नेपाल गठन गरिएको छ । टिमका सदस्यहरुमा रजिन सिंह, अर्जुन महर्जन, निरोज गौतम र नमिका मोक्तान रहनुभएको छ ।
प्रतियोगिताको पहिलो संस्करण गत जुनमा भएको थियो । त्यतिबेला २८ राष्ट्रका ४२७ खेलाडीले सहभागिता जनाएका थिए ।
यसैगरी, आईओएफटीसी कोरोनाकै समयमा नेपाली तेक्वान्दो खेलमडीलाई राहत उपलब्ध गराउन आठ लाख रुपियाँ आर्थिक सहयोग पनि प्रदान गरेको थियो । आईओएफटीसीले २०७२ सालको विनाशकारी भुकम्पकाबाट पीडितलाई पनि सहयोग गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?