logo
२०८१ मंसिर ९ आईतवार



पहिलो टी ट्वान्टीमा इंग्ल्याण्डबाट दक्षिण अफ्रिका पराजित

खेलकुद |


पहिलो टी ट्वान्टीमा इंग्ल्याण्डबाट दक्षिण अफ्रिका पराजित
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १३ गते । इंग्ल्याण्डले दक्षिण अफ्रिका विरुद्धको पहिलो टी ट्वान्टी खेल पाँच विकेटले जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा इंग्ल्याण्ड १–० को अग्रता लिएको छ ।
केपटाउनमा शनिबार अबेर सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १८० रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन चार बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा १८३ रन बनाएर पुरा गर्यो । इंग्ल्याण्डको जितमा जोन बैरिस्टोले अविजित रहँदै सर्वाधिक ८६ रनको योगदान दिनुभयो । ३४ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको इंग्ल्याण्डका लागि बैरिस्टोले बेन्न स्टोक्ससँग चौथो विकेटका लागि ८५ रनको साझेदारी गर्नुभयो । स्टोक्स ३७ रन बनाउनुभयो । टी ट्वान्टी अन्तर्राष्ट्रियमा बैरिस्टोको यो अहिलेसम्मकै सर्वाधिक ब्यक्तिगत् योगफल हो ।
अफ्रिकाका लागि जर्ज लिन्डे र लुगिं एनगिदीले सामान दुई दुई तथा तबरेज शम्सीले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको दक्षिण अफ्रिकाले फाफ डु प्लेसिसको ५८ र भ्यान डर दुस्सैनको ३७ रनको सहयोगमा छ विकेटको क्षतिमा १७९ रनको औसत योगफल तयार गरेको थियो । इंग्ल्याण्डका लागि साम कर्रनले सर्वाधिक तीन तथा जोफ्रा आर्चर, क्रिस जोर्डन र टम कर्रनले सामान एक एक विकेट लिए ।
बैरिस्टो प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?